3 years ago
October 31, 2022
एजेन्सी – स्पेनिस भेट्रान डिफेन्डर सर्जियो रामोस आफ्नो पूरानो लयमा फर्किएका छन् । यो सिजन फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) मा लगातार पहिलो रोजाईमा खेलिरहेका उनले नयाँ कीर्तिमान पनि बनाउन सफल भएका छन् ।

ट्रोएसमाथि ४–३ को पूनरागमन जित निकालेको खेलमा ३६ वर्षीय सेन्टर ब्याक रामोसले पिएसजीका लागि ३० खेल खेल्दा अपराजित रहँदै नयाँ कीतिमान बनाएका हुन् । यसमा २३ जित र सात बराबरीको नतिजा छ ।
यसअघि यो कीर्तिमान ब्राजिली लेजेन्ड राई सोउजा भिएरा डि ओलिभेइरोको नाममा रहेको थियो । ५७ वर्षीय राईले पिएसजीसँग २९ खेलमा अपराजित रहेको कीर्तिमान बनाएका थिए ।
राईको नाममा फ्रेन्च लिग वानमा २१ खेलसम्मको अपराजित यात्रालाई पनि रामोसले तोडेका छन् । राईले २१ खेलसम्म अपराजित रहेर कीर्तिमान बनाउँदा रामोसले २३ खेलमा अपराजित रहँदै कीर्तिमान बनाएका हुन् । जसमा १८ जित र ५ बराबरीको नतिजा छ ।
पिएसजीका प्रशिक्षक क्रिस्टोफ गाल्टिएर पनि रामोसको पछिल्लो प्रदर्शनबाट खुशी रहेको बताइएको छ । उनले अहिलेसम्म १७ वा १९ सम्भावित खेलमा मौका पाएका छन् । जसमा उनले १६ खेलमा सुरुवातबाटै खेलेका छन् ।
‘उनी ड्रेसिङ रुमका नेता मध्ये एक हुन् ।’ प्रशिक्षक गाल्टिएरले भने, ‘उसले राम्रो गरिरहेको छ र कुनैपनि प्रशिक्षण सत्र छुटाएको छैन । यो स्पष्ट छ कि उनी यस वर्ष आफ्नो उत्कृष्ट खेल्न तयार छन् ।’
गत सिजन स्पेनिस क्लब रियल म्याड्रिड छाडेर पिएसजी पुगेका उनले पिएसजीमो पहिलो सिजन चोटकै कारण खेल्ने अवसर पाएनन् । उनले गत सिजन पिएसजीका लागि १३ खेल खेल्दा २ गोल गर्दा यो सिजन उनले १७ खेल खेल्दा १ गोल गरिसकेका छन् ।
चोटका कारण मैदान बाहिर रहेकाले उनी पछिल्लो समय स्पेनको टोलीमा समेत पर्न सकेका छैनन् । यो सिजन उच्च प्रदर्शन गरिरहेका उनी स्पेनको टोलीमा समावेश हुने सम्भावना रहेको छ ।
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]
December 18, 2025
एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]