3 years ago
November 1, 2022
काठमाडौं (हाम्रो खेलकुद)– पाकिस्तानविरुद्ध कात्तिक अन्तिममा हुने मैत्रीपूर्ण खेलको लागि राष्ट्रिय फुटबल टोलीको प्रशिक्षणमा ३० खेलाडी बोलाइएका छन् ।

पाकिस्तानसँगको मैत्रीपूर्ण खेल तय भएकै दिन मंगलबार अखिल नेपाल फुटबल संघ (एन्फा) ले मुख्य प्रशिक्षक नियुक्तीसँग ३० खेलाडीलाई प्रशिक्षणमा डाकेको छ । एन्फाले सहिद स्मारक ए डिभिजन लिग च्याम्पियन टोली मछिन्द्र क्लबका प्रशिक्षक प्रवेश कटुवाललाई मुख्य प्रशिक्षक नियुक्त गरेको छ ।
नेपाल र पाकिस्तानको राष्ट्रिय टोलीबीच कात्तिक ३० गते मैत्रीपूर्ण खेल हुने तय भएको एन्फाले मंगलबार जनाएको छ । पाकिस्तानको पुरुष फुटबल टोली आठ वर्षपछि अन्तर्राष्ट्रिय फुटबलमा फर्कन लागेको हो । यसअघि महिला टोलीले भने काठमाडौंमा आयोजना भएको महिला साफ च्याम्पियनसिपमा भाग लिइरहेको छ ।
फिफाको प्रतिबन्ध हटेपछि पाकिस्तान फुटबलमा फर्केको हो । पाकिस्तान फुटबल संघ (पिएफएफ) ले दुई मैत्रीपूर्ण खेलका लागि एन्फालाई प्रस्ताव गरेपनि एन्फाले मंसिर ४ को निर्वाचनका कारण एक खेल मात्र खेल्न सम्भव भएको जवाफ पठाएको थियो । एक मात्र खेलका लागि पाकिस्तान तयार भएपछि नेपालसँगको मैत्रीपूर्ण खेल तय भएको हो ।
असोज ११ गते बंगलादेशविरुद्ध मैत्रीपूर्ण खेल खेलेको नेपाली टोलीले त्यसयता अभ्यास गरेको छैन । बंगलादेशविरुद्धको मैत्रीपूर्ण खेलका लागि एन्फाले प्रदीप हुमागाईलाई कार्यवहाक मुख्य प्रशिक्षक नियुक्त गरेको थियो । हुमागाईको अन्तिम रोजाईमा पर्न नसकेका नवयुग श्रेष्ठ, पुजन उपरकोटीलगायतका खेलाडी प्रशिक्षणमा बोलाइएका छन् ।
December 8, 2025
एजेन्सी – रियल म्याड्रिड ला लिगामा आइतवार पराजित भएको छ। घरेलु मैदान सान्टियागो बेर्नाबेउमा भएको खेलमा ९ खेलाडीमा सिमित हुँदै रियल सेल्टा भिगोसँग २-० ले स्तब्ध भएको छ। रियलले शीर्ष स्थानको बार्सिलोनासँगको अंक दूरी घटाउने अवसर गुमाएको छ। खेलको २४औँ मिनेटमा रियलका डिफेन्डर एदर मिलिताओ ह्यामस्ट्रिङ चोटका कारण मैदानबाट बाहिरिए। त्यसले टोलीको रक्षापक्ति थप कमजोर […]
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- उमेर समूहका उत्कृष्ट खेलाडी उत्पादन गर्ने उद्देश्यले अन्नपूर्ण आरसीटीले आयोजना गरेको ३० साताको फुटबल स्तर अभिवृद्धि प्रशिक्षण कार्यक्रम आइतबार सम्पन्न भएको छ । असार १४ गते सुरु भएको यस ग्रासरुटको कार्यक्रममा ७१ खेलाडीको सहभागिता थियो । त्यसमध्ये २२ किशोरी रहेका थिए । लैनचोर युवा क्लबको सहयोगमा चैनचोर फुटबल मैदानमा आयोजित प्रशिक्षण कार्यक्रम […]
December 7, 2025
एजेन्सी – प्रिमियर लिगमा शनिवार लिड्स युनाइटेडले निकै रोमाञ्चक खेलमा लिभरपुललाई ३-३ को बराबरी रोकेको छ। इन्जुरी समयको छैंटौं मिनेटमा जापानी खेलाडी एओ तानाकाले गोल गरेपछि लिड्सले एक अंक जोगाउन सफल भयो। खेलको ४८ र ५० औं मिनेटमा लिभरपुलका ह्युगो एकिटिकेले दुई गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए। तर लिड्सले खेलमा फर्कने प्रयास जारी […]