3 years ago
November 2, 2022
एजेन्सी – युरोपेली च्याम्पियन्स लिग अन्तर्गत समूह चरणको अन्तिम खेलमा पराजित भएपछि एटलेटिको म्याड्रिड अंक तालिकाको पुछारमा रहँदै यस सिजन युरोपबाट नै बाहिरिएको छ । च्याम्पियन्स लिग इतिहासमा एटलेटिको पहिलो पटक समूहको पुछारमा रहन पुग्यो ।

एफसी पोर्टोको मैदानमा २-१ को हार बेहोरेसँगै एटलेटिको अंक तालिकाको पुछारमा रहेको हो । समूहको अर्को खेलमा क्लब ब्रुग र बायर लेभरकुसनले गोलरहित बराबरी खेल्दा एटलेटिको पुछारमा नै रहन पुगेको हो । यस समूहबाट एफसी पोर्टो शीर्षस्थानमा रहँदै नकआउट चरणमा प्रवेश गर्न सफल रहयो ।
खेलको पाँचौ मिनेटमा नै मेहदी तारेमीले इभानिल्सनको पासमा गोल गरेका थिए । २४ औं मिनेटमा स्टेफेन एस्ताकियोले गोल गर्दै घरेलु टोलीको अग्रता दोब्बर पारे । दुई गोलको अग्रता लिएपनि पोर्टोले लगातार आक्रमण जारी राख्दै विपक्षी गोलरक्षक यान ओब्लाकलाई व्यस्त राख्यो ।

इन्ज्युरी समयमा इभान मार्कानोले आत्मघाती गोल गरेपनि उक्त गोल निकै ढिलो भएको थियो । त्यसअघि गोलरक्षक डिओगो कोस्टाले एटलेटिको म्याड्रिडका फरवार्डले गरेको प्रहार लगातार बचाएका थिए ।
यस नतिजाले पोर्टो ६ खेलमा १२ अंकका साथ शीर्षस्थानमा रहँदै अघि बढ्यो । ६ खेलमा ११ अंक जोडेको क्लब ब्रुग दोस्रो हुँदै अन्तिम १६ मा प्रवेश गर्यो । बायर लेभरकुसनले ६ खेलमा ५ अंक जोड्दै एटलेटिको म्याड्रिडलाई पछि पार्यो । दुवैको समान अंक जोडेपनि हेड टु हेडमा लेभरकुसन अघि रहेको हो ।
December 19, 2025
एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]