default_image

3 years ago

November 2, 2022

रोनाल्डोले किने पोर्चुगलकै सबैभन्दा महँगो घर

250 views

0 Bookmark

एजेन्सी – पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डोका लागि मैदानभित्र यस सिजन खासै सम्झनलायक रहन सकेको छैन । म्यानचेस्टर युनाइटेडमा एरिक टेन हागले प्रशिक्षकको जिम्मेवारी सम्हालेसँगै उनले निकै कम अवसर पाएका छन् ।

मैदानभित्र कम अवसर र विवादले स्थान पाएपनि रोनाल्डोले मैदानबाहिर आफ्नो व्यवसाय भने जारी राखेका छन् । उनले मैदानभित्र कम अवसर पाएकै कारण विश्वकपपछि जनवरी ट्रान्सफर विन्डोमा म्यानचेस्टर युनाइटेड छाड्ने चर्चा पनि चलेको छ । यसबीचमा उनले पोर्चुगलमा देशकै सबैभन्दा महँगो घर किनेपछि उक्त चर्चालाई थप बल पुगेको छ ।

रोनाल्डोले पोर्चुगलको कास्केस क्षेत्रमा ११ मिलियन युरो (१.४ अर्ब नेपाली रुपैयाँ) खर्चेर घर किनेका छन् । उनले थप १० मिलियन युरो खर्चेर उक्त घरको पुनर्निर्माण गर्ने भएका छन् । खरिद र निर्माणको कुल लागत २१ मिलियन युरो (२.७ अर्ब नेपाली रुपैयाँ) हुनेछ । सन् २०२३ को सुरुवातसम्ममा निर्माण सम्पन्न हुने आँकलन गरिएको छ । यो क्षेत्र पोर्चुगलको सबैभन्दा विलासी घरहरु भएको क्षेत्रमा पर्दछ ।

रोनाल्डोले निर्माण गर्न लागेको नयाँ म्यानसन ३ तलाको हुनेछ । २ हजार ७ सय २० वर्ग मिटर क्षेत्रफल जग्गा रहेको स्थानमा ५ सय ४४ वर्ग मिटर क्षेत्रफलमा घर निर्माण हुनेछ । यसबाहेक गार्डेन, स्विमिङ पुल लगायत निर्माण हुनेछ ।

December 19, 2025

नापोली फाइनलमा,‌एसी मिलान पराजित

एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

December 18, 2025

सिटी र न्युक्यासल लिग कपको सेमिफाइनलमा

एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]

Success

Thank you for your time.