default_image

3 years ago

November 2, 2022

‘युरोपा लिग कठिन हुनेछ’ – बार्सिलोना प्रशिक्षक जाभी

207 views

0 Bookmark

एजेन्सी – क्याटलान क्लब बार्सिलोनाका प्रशिक्षक जाभी हर्नान्डेजले आफ्नो टोली युरोपा लिगमा दावेदार टोली रहेपनि उपाधि जित्न भने कठिन हुने बताएका छन् ।

च्याम्पियन्स लिगको समूहमा तेस्रो स्थानमा रहेपछि बार्सिलोना लगातार दोस्रो सिजन युरोपा लिगमा सिमित भएको हो । बार्सिलोना सम्मिलित समूहबाट बायर्न म्युनिख शत प्रतिशत जितको नतिजा निकाल्दै अघि बढ्यो । इन्टर मिलान दोस्रो स्थानमा रहेर अन्तिम १६ मा पुग्न सफल भयो । बार्सिलोना तेस्रो हुँदा भिक्टोरिया प्लेजन पुछारमा रहेको थियो ।

बार्सिलोनाले अब युरोपा लिगको अन्तिम १६ मा पुग्न युरोपा लिगको समूह उपविजेतासँग खेल्नुपर्नेछ । विहीबार हुने खेलपछि मात्र कुन टोलीको सामना गर्ने सम्भावनाबारे समीकरण बन्नेछ । बार्सिलोनाले स्पेनिस लिगकै टोलीको भने सामना गर्नुपर्ने छैन ।

जाभीले गत सिजनजस्तो यस सिजन पनि युरोपा लिग सहज नहुने बताए । ‘युरोपा लिग नराम्रो होइन । हाम्रो लक्ष्य फाइनल पुग्ने र उपाधि जित्ने नै छ । सबैले बार्सिलोनालाई उपाधिको दावेदारको रुपमा पनि हेरेका छन् । तर त्यो सहज छैन । यसपटक जुन टोली सहभागी छन्, लिग निकै कठिन हुनेछ,’ उनले भने ।

बार्सिलोनाले अब युरोपा लिगको खेल फेब्रुअरी तेस्रो साता मात्र खेल्नेछ । अब स्पेनिस लिगको खेलपछि टोलीले विश्वकपका लागि विश्राम लिनेछ । युरोपा लिगको प्रतिद्वन्द्वीको टुंगो भने यसै साता हुने ड्र बाट थाहा हुनेछ ।

May 17, 2025

काठमाडौं महानगरद्वारा गोदावरी मेयर कपको उपाधि रक्षा

ललितपुर (हाम्रो खेलकुद)- काठमाडौं महानगरपालिकाले लगातार दोस्रो पटक उपत्यकाव्यापी अन्तरपालिका खुला गोदावरी मेयर कप फुटबलको उपाधि जितेको छ । गोदावरी–१० टाहाखेलस्थित निर्माणाधीन गोदावरी बहुउद्देश्यीय रंगशालाको झ्यालुन्टार मैदानमा भएको फाइनलमा आयोजक गोदावरी नगरपालिकालाई सडन डेथमा काठमाडौंले उपाधि जितेको हो । निर्धारित ९० मिनेटमा गोलरहित बराबरी टाइब्रेकरमा ५-५ को बराबरीपछि सडनडेथमा काठमाडौंले बाजी मारेको थियो। काठमाडौं समग्रमा […]

May 17, 2025

चेल्सी र एस्टन भिल्ला विजयी

एजेन्सी – चेल्सी र एस्टन भिल्ला इंग्लिस प्रिमियर लिगमा शुक्रवार विजयी भएका छन्। चेल्सीले म्यानचेस्टर युनाइटेडलाई १-० र भिल्लाले टोटेनहमलाई २-० ले हराएको हो। मार्क कुकुरेल्लाले चेल्सीलाई युइएफए च्याम्पियन्स लिग छनोटको आशा जीवित राख्न मद्दत गरे। कुकुरेल्लाले ७१औं मिनेटमा हेडरमार्फत गोल गरेका हुन् । यो जितले एन्जो मारेस्काको टोली तालिकाको चौथो स्थानमा पुग्यो । पहिलो […]

May 16, 2025

महिला फुटबल टोलीको दोस्रो चरणमा ३१ खेलाडी छनोट

काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ (एन्फा) ले थाइल्याण्डविरुद्धको आगामी दुई मैत्रीपूर्ण खेलको लागि दोस्रो चरणमा ३१ खेलाडी छनोट गरेका छन् । मुख्य प्रशिक्षक राजेन्द्र तामाङले झन्डै दुई साताको प्रशिक्षणपछि ४८ खेलाडीबाट दोस्रो चरणमा ३१ खेलाडी छनोट गरेका हुन् । दोस्रो चरणमा १७ खेलाडीले स्थान बनाउन सकेनन् । कोपिला खड्का, सबित्रा किशन, सजनी […]

Success

Thank you for your time.