3 years ago
November 6, 2022
एजेन्सी – जर्मन युवा स्टार युसोउफा मौकोको चम्कँदा जर्मन बुन्डेसलिगामा बोरुसिया डर्टमुन्डले सानदार जित निकाल्दा बायर्न म्युनिखले पनि रोमाञ्चक जित निकालेको छ ।

डर्टमुन्डले घरेलु मैदानमा भिएफएल बोचुममाथि ३–० को सहज जित निकालेको हो । डर्टमुन्डको जितमा युसोउफा मौकोकोले दुई गोल गर्दा जियोभानी रेनाले एक गोल गरे ।
सिग्नल इडुना पार्क डर्टमुन्डमा शनिबार राति भएको खेलको आठौं मिनेटमा मौकोकोको गोलबाट डर्टमुन्डले सुरुवाती अग्रता लिन सफल भयो । १२औं मिनेटमा जियोभानी रेनाले पेनाल्टीमा गोल गर्दै डर्टमुन्डलाई २–० ले अघि बढाए ।
२७औं मिनेटमा फिलिप होफमनले गोल गरेपनि भिएआरबाट मान्यता नपाउँदा बोचुमले गोल अन्तर कम गर्न सकेन । पहिलो हाफको इन्ज्युरी समयको थप गरिएको दोस्रो मिनेटमा मौकोकोले व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गरेपछि डर्टमुन्डले खेलमा ३–० को अग्रता कायम गर्न सफल भयो ।

यस सिजनमा १७ वर्षीय मौकाकोको यो १२औं खेलमा छैटौं गोल हो । उनले २ असिस्ट पनि दिएका छन् । दोस्रो हाफमा थप गोल निस्कन नसक्दा पहिलो हाफको गोल नै डर्टमुन्डको जित नै पर्याप्त बन्यो ।
यस जितसँगै डर्टमुन्ड १३ खेलबाट २५ अंक जोडेर तेस्रो स्थानमा उक्लिएको छ । पराजित बोचुम ७ अंक जोडेर १७औं स्थानमा रहेको छ ।
अर्काे खेलमा हर्था बर्लिनमाथि ३–२ को रोमाञ्चक जित निकाल्दै बायर्न जर्मन बुन्डेसलिगाको शीर्षस्थानमा उक्लिएको छ ।बायर्नको जितमा इरिक मेक्सिम चुपो मोटिङले दुई तथा जमल मुसिएलाले एक गोल गरे । हर्थाका डोडी लुकेबाकियो र डाभी सेल्केले गोल फर्काए ।
यस जितसँगै शीर्षस्थानमा उक्लिएको बायर्नको १३ खेलबाट २८ अंक पुगेको छ । एक खेल कम खेलेको युनियन बर्लिनको २६ अंक छ । पराजित हर्था ११ अंक जोडेर १४औं स्थानमा रहेको छ ।
December 19, 2025
एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]