3 years ago
November 6, 2022
एजेन्सी – जर्मन युवा स्टार युसोउफा मौकोको चम्कँदा जर्मन बुन्डेसलिगामा बोरुसिया डर्टमुन्डले सानदार जित निकाल्दा बायर्न म्युनिखले पनि रोमाञ्चक जित निकालेको छ ।

डर्टमुन्डले घरेलु मैदानमा भिएफएल बोचुममाथि ३–० को सहज जित निकालेको हो । डर्टमुन्डको जितमा युसोउफा मौकोकोले दुई गोल गर्दा जियोभानी रेनाले एक गोल गरे ।
सिग्नल इडुना पार्क डर्टमुन्डमा शनिबार राति भएको खेलको आठौं मिनेटमा मौकोकोको गोलबाट डर्टमुन्डले सुरुवाती अग्रता लिन सफल भयो । १२औं मिनेटमा जियोभानी रेनाले पेनाल्टीमा गोल गर्दै डर्टमुन्डलाई २–० ले अघि बढाए ।
२७औं मिनेटमा फिलिप होफमनले गोल गरेपनि भिएआरबाट मान्यता नपाउँदा बोचुमले गोल अन्तर कम गर्न सकेन । पहिलो हाफको इन्ज्युरी समयको थप गरिएको दोस्रो मिनेटमा मौकोकोले व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गरेपछि डर्टमुन्डले खेलमा ३–० को अग्रता कायम गर्न सफल भयो ।

यस सिजनमा १७ वर्षीय मौकाकोको यो १२औं खेलमा छैटौं गोल हो । उनले २ असिस्ट पनि दिएका छन् । दोस्रो हाफमा थप गोल निस्कन नसक्दा पहिलो हाफको गोल नै डर्टमुन्डको जित नै पर्याप्त बन्यो ।
यस जितसँगै डर्टमुन्ड १३ खेलबाट २५ अंक जोडेर तेस्रो स्थानमा उक्लिएको छ । पराजित बोचुम ७ अंक जोडेर १७औं स्थानमा रहेको छ ।
अर्काे खेलमा हर्था बर्लिनमाथि ३–२ को रोमाञ्चक जित निकाल्दै बायर्न जर्मन बुन्डेसलिगाको शीर्षस्थानमा उक्लिएको छ ।बायर्नको जितमा इरिक मेक्सिम चुपो मोटिङले दुई तथा जमल मुसिएलाले एक गोल गरे । हर्थाका डोडी लुकेबाकियो र डाभी सेल्केले गोल फर्काए ।
यस जितसँगै शीर्षस्थानमा उक्लिएको बायर्नको १३ खेलबाट २८ अंक पुगेको छ । एक खेल कम खेलेको युनियन बर्लिनको २६ अंक छ । पराजित हर्था ११ अंक जोडेर १४औं स्थानमा रहेको छ ।
December 10, 2025
एजेन्सी – च्याम्पियन्स लिगमा मंगलवार बार्सिलोना, बायर्न म्युनिख, लिभरपुल, एट्लेटिको म्याड्रिड विजयी भएका छन्। चेल्सी, इन्टर मिलान पराजित भएको छ। बायर्नले स्पोर्टिङ सिपीलाई ३-१ ले हरायो। सुरुवाती अग्रता स्पोर्टिङले लियो। ५४औँ मिनेटमा जोशुआ किमिचको आत्मघाती गोलबाट स्पोर्टिङले अग्रता बनाएको हो। तर त्यसपछि बायर्नले दबाब बढाउँदै खेल आफ्नो पक्षमा पार्यो । ६५औँ मिनेटमा सर्ज ग्नाब्रीले नजिकैबाट […]
December 9, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेडले वुल्भरह्याम्पटन वान्डरर्स (वुल्भ्स) लाई सोमवार ४-१ ले हराउँदै प्रिमियर लिग अंकतालिकाको छैटौँ स्थानमा उक्लिएको छ। मोलिनक्समा भएको खेलको पहिलो हाफमा रुबेन आमोरिमको टोलीले राम्रो सुरुआत गरेको थियो। २५औँ मिनेटमा कप्तान ब्रुनो फर्नान्डेसको गोलले युनाइटेडले अग्रता लियो । तर इन्जुरी समयको दोस्रो मिनेटमा जाँ रिक्नर बेलगार्डले गोल गरेपछि पहिलो १-१ को बराबरीमा […]
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मनाङ मर्स्याङ्दी क्लबले अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ढिला गरि दर्ताको गरेको छ । पुस २५ गते सुरु गर्ने भनिएको राष्ट्रिय लिगका लागि एन्फाले आइतवार (मंसिर २१) गतेसम्मको समय तोकेको थियो। एन्फाका सहायक महासचिव समेत रहेका विजय घलले क्लब दर्ताका लागि आज एन्फालाई पत्र […]