default_image

3 years ago

November 8, 2022

एरिक्सन डेनमार्कको विश्वकप टोलीमा

309 views

0 Bookmark

एजेन्सी – क्रिस्टियन एरिक्सनलाई समेट्दै डेनमार्कले दुई सातापछि कतारमा आयोजना हुने फिफा विश्वकप कतार २०२२ को लागि आफ्नो अन्तिम टोली घोषणा गरेको छ ।

डेनमार्कले विश्वकपका लागि २१ सदस्सीय टोली घोषणा गर्दा प्रशिक्षक क्यास्पर हजुल्मान्डले एरिक्सनलाई टोलीमा समेटेको हो । प्रशिक्षक हजुल्मान्डले हालसम्म २१ खेलाडीको नाम घोषणा गरेको छ । बाँकी पाँच खेलाडी यसै साता परिपुर्ति हुनेछ ।

एरिक्सन हृदयघात भएको १८ महिनापछि डेनमार्कसँग २०२२ को विश्वकपमा फर्कदैछन् । युरो २०२० को उद्घाटन खेलमा हृदयघात भएपछि एरिक्सनले गत मार्चमा टोलीमा पूनरागमन गरेका थिए ।

टोटनह्यामका पियरे–एमिल होब्वजर्र्ग, लिड्का रासमुस क्रिस्टेनसेन र ब्रेन्टफर्डका म्याथियास जेन्सेन र मिकेल डम्सगार्ड पनि टोलीमा अटाएका छन् । युसुफ पउल्सेन र क्रिस्चियन नोगार्डलाई टोलीमा समावेश गरिएको छैन ।

यूरो २०२० को सेमिफाइनलमा स्थान बनाएको डेनमार्कले युरोपेली विश्वकप छनोटमा १० मध्ये ९ खेल जित्दै कतार विश्वकपमा छनोट भएको थियो ।

डेनमार्कले समूह ‘डी’ मा नोभेम्बर २२ मा ट्युनिसियासँग खेल्दै विश्वकपको सुरुवात गर्नेछ । त्यसपछि २६ नोभेम्वरमा फ्रान्स तथा ३० नोभेम्वरमा अष्ट्रेलियासँग खेल्नेछ ।

डेनमार्कको विश्वकप टोली
गोलरक्षक – कास्पर स्माइकल (नाइस), ओलिभर क्रिस्टेनसेन (हर्था बर्लिन)
डिफेन्डर – सिमोन काएर (एसी मिलान), जोआकिम एन्डरसन (क्रिस्टल प्यालेस), जोकिम माहेले (एटलान्टा), एन्ड्रियास क्रिस्टेनसेन (बार्सिलोना), रासमुस क्रिस्टेनसेन (लिड्स), जेन्स स्ट्राइगर लार्सन (ट्राब्जोन्सपोर), भिक्टर नेल्सन (गालाटासारे), डेनियल वास (ब्रोन्डवी)
मिडफिल्डर – थोमस डेलानी (सेभिया), म्याथियास जेन्सेन (ब्रेन्टफर्ड), क्रिस्चियन एरिक्सन म्यानचेस्टर युनाइटेड) र पियरे–एमिल होज्ब्जर्ग (टोटेनहम)
फरवार्ड – एन्ड्रियास स्कोभ ओल्सेन (क्लब ब्रुग), जेस्पर लिन्डस्ट्रम (आइतनट्राक्ट फ्रान्कफुर्ट), एन्ड्रियास कर्नेलियस (कोपेनहेगन), मार्टिन ब्रेथवेट (स्पान्योल), कास्पर डोलबर्ग (सेभिया), मिक्केल डाम्सगार्ड (ब्रेन्टफर्ड), जोनास विन्ड (वल्फ्सवर्ग)

December 19, 2025

नापोली फाइनलमा,‌एसी मिलान पराजित

एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

December 18, 2025

सिटी र न्युक्यासल लिग कपको सेमिफाइनलमा

एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]

Success

Thank you for your time.