3 years ago
November 10, 2022
एजेन्सी – इन्टर मिलानले इटालियन सिरी ‘ए’ मा सानदार जित दर्ता गरेको छ । इन्टरले घरेलु मैदानमा बोलोग्नामाथि ६–१ को सानदार पूनरागमन जित आत्मसात् गरेको हो ।

इन्टरले एक गोलले पछि परेको स्थिति उल्ट्याएको हो । इन्टरको जितमा फेडरिको डिमार्काेले दुई तथा इडेन जेको, लोउटारो मार्टिनेज, हकान चलहानोग्लु र रोविन गोसेन्सले समान एक गोल गरे । बोलोग्नाका चारालाम्वस ल्योकोजियानिसको गोल सान्त्वना बन्यो ।
मिलानोमा बुधबार राति भएको खेलको २२औं मिनेटमा चारालाम्वसको गोलबाट इन्टर मिलान पछि पर्यो । २६औं मिनेटमा इडेन जेकोले बराबरी गोल गरेपछि इन्टर खेलमा फर्कियो । ३६औं मिनेटमा फेडरिको डिमार्काेले फ्रिकिमा सिधै गोल गर्दै इन्टरलाई २–१ ले अघि बढाए ।
४२औं मिनेटमा लोउटारो मार्टिनेजले गोल गरेपछि इन्टर पहिलो हाफमा ३–१ ले अघि रह्यो । ४८औं मिनेटमा फेडरिकोले व्यक्तिगत दोस्रो तथा टोलीका लाग चौथो गोल गरेपछि इन्टर फराकिलो जिततर्फ अग्रसर बन्यो ।
५९औं मिनेटमा हकानले पेनाल्टीमा गोल गरेपछि इन्टरले खेलमा ५–१ को बलियो पकड जमायो । त्यसपछि ७६औं मिनेटमा रोविन गोसेन्सले गोल गर्दै इन्टरलाई ६–१ को सानदार जित दिलाए ।
यस जितसँगै इन्टर १४ खेलबाट २७ अंक जोडेर चौथो स्थानमा उक्लिएको छ । पराजित बोलोग्ना १६ अंक जोडेर १३औं स्थानमा छ ।
December 8, 2025
एजेन्सी – रियल म्याड्रिड ला लिगामा आइतवार पराजित भएको छ। घरेलु मैदान सान्टियागो बेर्नाबेउमा भएको खेलमा ९ खेलाडीमा सिमित हुँदै रियल सेल्टा भिगोसँग २-० ले स्तब्ध भएको छ। रियलले शीर्ष स्थानको बार्सिलोनासँगको अंक दूरी घटाउने अवसर गुमाएको छ। खेलको २४औँ मिनेटमा रियलका डिफेन्डर एदर मिलिताओ ह्यामस्ट्रिङ चोटका कारण मैदानबाट बाहिरिए। त्यसले टोलीको रक्षापक्ति थप कमजोर […]
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- उमेर समूहका उत्कृष्ट खेलाडी उत्पादन गर्ने उद्देश्यले अन्नपूर्ण आरसीटीले आयोजना गरेको ३० साताको फुटबल स्तर अभिवृद्धि प्रशिक्षण कार्यक्रम आइतबार सम्पन्न भएको छ । असार १४ गते सुरु भएको यस ग्रासरुटको कार्यक्रममा ७१ खेलाडीको सहभागिता थियो । त्यसमध्ये २२ किशोरी रहेका थिए । लैनचोर युवा क्लबको सहयोगमा चैनचोर फुटबल मैदानमा आयोजित प्रशिक्षण कार्यक्रम […]
December 7, 2025
एजेन्सी – प्रिमियर लिगमा शनिवार लिड्स युनाइटेडले निकै रोमाञ्चक खेलमा लिभरपुललाई ३-३ को बराबरी रोकेको छ। इन्जुरी समयको छैंटौं मिनेटमा जापानी खेलाडी एओ तानाकाले गोल गरेपछि लिड्सले एक अंक जोगाउन सफल भयो। खेलको ४८ र ५० औं मिनेटमा लिभरपुलका ह्युगो एकिटिकेले दुई गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए। तर लिड्सले खेलमा फर्कने प्रयास जारी […]