3 years ago
November 10, 2022
एजेन्सी – इंग्लिस प्रिमियर लिगको शीर्षस्थानमा रहेको लन्डन क्लब आर्सनल इएफएल कप अर्थात् कारवाओ कपको तेस्रो चरणबाटै बाहिरिएको छ ।

घरेलु मैदानमा प्रिमियर लिग प्रतिद्धन्द्धी ब्राइटनसँग ३–१ को लज्जास्पद हार बेहोर्दै बाहिरिएको छ । इमिरेट्स स्टेडियम लन्डनमा बुधबार राति भएको खेलमा आर्सनलले सुरुवाती अग्रता लिएपनि त्यसलाई जोगाउन नसक्दा पराजित हुन पुग्यो ।
२०औं मिनेटमा इडवार्ड एनकेइटाको गोलबाट आर्सनलले सुरुवाती अग्रता लिएको थियो । तर, आर्सनलले त्यो अग्रतालाई जोगाउन सकेन । २७औं मिनेटमा ड्यानी वेलवेकले पेनाल्टीमा गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए ।
५८औं मिनेटमा काओरु मितोमाले गोल गर्दै ब्राइटनलाई २–१ ले अघि बढाए । ७१औं मिनेटमा तरिक लाम्पटेले गोल गर्दै ब्राइटनलाई ३–१ को सानदार पूनरागमन जितसहित चौथो चरणमा प्रवेश गराए ।

अर्काे खेलमा प्रिमियर लिग क्लब लिभरपुलले लिग वान क्लब डर्वी काउन्टीलाई टाइब्रेकरमा ३–२ ले पराजित गर्दै चौथो चरणमा प्रवेश गरेको छ ।
एनफिल्डमा बुधबार राति भएको खेलमा ७४ प्रतिशत बल पोसेसन राखेपनि लिभरपुलले डर्वीको बलियो रक्षापङ्ति तोड्न नसक्दा खेल टाइब्रेकरमा लम्बिएको थियो ।
टाइब्रेकरमा लिभरपुललका एलेक्स अक्सलेड चेम्वरलेन, डार्विन नुनेज र हार्भे इलिओटले गोल गर्दा स्टेफन र रोबर्टाे फिर्मिनोले गोल गर्न सकेनन् ।
डर्वीका डेभिड म्याकगोल्डरिक र लोइ सिब्लेले मात्रै गोल गर्न सफल हुँदा कोनोर होउरीहान, क्रेइग र लेविस डब्बिनले गोल गर्न सकेनन् ।
December 19, 2025
एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]