3 years ago
November 11, 2022
एजेन्सी – फिफा विश्वकप २०२२ कतारका लागि नेदरल्यान्ड्सले अन्तिम टोली घोषणा गरेको छ । गत संस्करण छनोट हुन नसकेको नेदरल्यान्ड्सको टोलीमा ३ खेलाडीसँग मात्र विश्वकप खेलेको अनुभव छ ।

सन् २०१४ मा नेदरल्यान्ड्स फाइनलमा जर्मनीसँग पराजित हुँदाको टोलीबाट स्टेफान डे भ्रिज, मेम्फिस डिपाए र डेली ब्लिन्डले यसपटक टोलीमा स्थान बनाएका छन् । प्रशिक्षक लुइस भान गालले राष्ट्रिय टोलीबाट डेब्यु गर्न बाँकी रहेका युवा मिडफिल्डर जाभी सिमोन्सलाई पनि टोलीमा समेटेका छन् ।
नेदरल्यान्ड्स विश्वकपको समूह ए मा रहेको छ । यस समूहमा आयोजक कतार, इक्वेडर र सेनेगल रहेका छन् । नेदरल्यान्ड्सले पहिलो खेलमा सेनेगलसँग खेल्नेछ ।
नेदरल्यान्ड्सको अन्तिम टोली :
गोलरक्षक : जस्टिन बिज्लो, एन्द्रिज नोपर्ट, रेम्को पस्भिर
डिफेन्डर : नाथन आके, डेली ब्लिन्ड, भर्जील भान डाइक, डेन्जेल डम्फ्रिज, जेरेमी फ्रिमपोङ, म्याथिस डे लिग्ट, टिरेल मालासिया, जुरीएन टिम्बर, स्टेफान डे भ्रिज
मिडफिल्डर : स्टिभन बर्घिअस, फ्रेन्की डे जोङ, डाभी क्लासेन, तिउन कुप्मेनर्स, मार्टेन डे रुन, जाभी सिमोन्स, केनेथ टेलर
फरवार्ड : स्टिभन बर्गवाइन, मेफिस डिपाए, कोडी गाक्पो, भिन्सेन्ट जानसन, लुक डे जोङ, नोअ लांग, वुट वेघर्स्ट
December 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपको फाइनल नजिक पुगेको छ। पाकिस्तानको कराँची सिटी एफसीलाई १-० ले हराउँदै एपिएफ फाइनल नजिक पुगेको हो। दोस्रो जितसँगै ७ अंकका साथ एपिएफ शीर्ष स्थानमा उक्लिएको छ। पहिलो खेल नासिर स्पोर्टस एकेडेमीलाई ४-० ले हराएको एपिएफ दोस्रो खेलमा भुटानको ट्रान्सपोर्ट युनाइटेडसँग गोलरहित बराबरीमा रोकिएको थियो। […]
December 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दुबईमा सम्पन्न आइबिए पुरुष विश्व बक्सिङ च्याम्पियनसिपको ५४ केजी तौल समूहमा कास्य पदक जितेका बक्सर चन्द्र बहादुर थापासहित नेपाली बक्सिङ टोली स्वदेश फर्केको छ। तेस्रो स्थान प्राप्त गरेका चन्द्रले पुरस्कारवापत चन्द्रले ७५ हजार अमेरिकी डलर प्राप्त गरेका छन् । सेमिफाइनल उनी काजकस्तानका खेलाडीसँग ५-० ले पराजित भएका थिए। क्वाटरफाइनलमा इरानका महेदी काजमीलाई ५-० […]
December 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफको २ खेलको प्रदर्शनलाई हेर्दा त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको दाबेदार देखिन्छ। तर आज हुने खेलको नतिजा एपिएफलाई फाइनल पुग्नका लागि महत्वपूर्ण हुनेछ। भारतीय क्लब इस्ट बंगाल लगातार २ खेल जित्दै ६ अंकका साथ शीर्ष स्थानमा छ। इस्ट बंगाल च्याम्पियनसिपको मुख्य दाबेदारका रुपमा देखिएको छ। एपिएफले २ खेलमा […]