default_image

2 years ago

November 19, 2022

समूह सी को केन्द्रविन्दु मेस्सी र अर्जेन्टिना

138 views

0 Bookmark

सुबास हुमागाईं, कतार

कतारमा आइतबारदेखि विश्व फुटबलको महाकुम्भ फिफा विश्वकप २०२२ सुरु हुँदैछ । पछिल्लो डेढ दशक विश्व फुटबलमा अधिपत्य जमाएका लिओनेल मेस्सीसामु करिअरमा अन्तिम पटक विश्वकप जित्ने अवसर छ । त्यसैले पनि समूह सी मा उनै मेस्सी र अर्जेन्टिनाको चर्चा सर्वत्र छ ।

अघिल्लो वर्ष कोपा अमेरिका उपाधि जित्दै मेस्सीले अर्जेन्टिनाबाट महत्त्वपूर्ण सफलता हात पारे । तर जुन किसिमको प्रदर्शन उक्त टोलीले गर्यो, पछिल्लो एक वर्षमा टोली थप बलियो बनेको छ । विगतमा कमजोर मानिने अर्जेन्टिनाको डिफेन्स र गोलरक्षक पोजिसन यसपटक सुदृढ देखिएको छ । कोपा अमेरिकाको जितपछि खेलाडीले क्लबमा प्रगति गरेका छन् ।

अर्जेन्टिनाको पूर्ण टोली जारी विश्वकपमा कागजी रुपमा हेर्दा सबैभन्दा बलियो टोलीको रुपमा रहेको छ । गोलरक्षक देखि आक्रमणसम्म हरेक पोजिसनमा उच्च स्तरका खेलाडी रहेका छन् । कोपा अमेरिका उपाधिले टोलीको मनोबल पनि उच्च छ । यस युग मात्र नभएर विश्व फुटबलका सर्वकालीन महान् खेलाडीको रुपमा मेस्सीलाई स्थापित गर्न अर्जेन्टिनाका अन्य खेलाडीले पूरा प्रयास गर्ने देखिन्छ ।

तर अर्जेन्टिनाको यो प्रयासमा मेक्सिको र पोल्यान्ड टाउको दुखाइ बन्न सक्छन् । विश्वकपमा गजबको नतिजा निकाल्ने मेक्सिको यसपटक अर्जेन्टिनाको लागि समस्या बन्न सक्छ । अनुभवी मिडफिल्डसँगै मेक्सिकोका विंगर हर्भीङ लोजानो क्लबको लय विश्वकपमा निरन्तरता दिन चाहन्छन् । गोलरक्षक गोलेर्मे ओचोआ पुन: एकपटक विश्वकपमा चर्चा बटुल्न तयार छन् ।

बार्सिलोनाका फरवार्ड रोवर्ट लेवान्डोस्की पोल्याण्डलाई अर्को चरणमा पुर्याउन मेक्सिकोविरुद्ध खेलमा सचेत हुनेछन् । युरोपेली फुटबलमा भरपुर अनुभव बोकेको मिडफिल्डसँगै डिफेन्समा पोल्यान्ड बलियो देखिन्छ । साउदी अरेबिया कमजोर मानिएको यस समूहबाट अर्जेन्टिना र त्योभन्दा बढी लिओनेल मेस्सी नै केन्द्रविन्दुमा रहनेछन् ।

अर्जेन्टिना :

गोलरक्षक : एमिलियानो मार्टिनेज, जेरोनिमो रुल्ली, फ्रान्को अर्मानी

डिफेन्डर : नाहेल मोलिना, गोन्जालो मोन्टिएल, क्रिस्टियन रोमेरो, जर्मन पेजेला, निकोलस ओटामेन्डी, लिसान्द्रो मार्टिनेज, मार्कस अकुना, निकोलस टाग्लीयाफिको, जान फोयथ

मिडफिल्डर : रोड्रीगो डे पल, लिआन्द्रो पारेडेस, एलेक्सिस म्याकलिस्टर, गिडो रोड्रीग्वेज, आलेहान्द्रो गोमेज, एन्जो फर्नान्डेज, एजेक्वेल पालासिओस

फरवार्ड : लिओनेल मेस्सी, एन्जल डी मारिया, लौटारो मार्टिनेज, जुलियन अल्भारेज, निकोलस गोन्जालेज, जोआक्विन कोरिया, पाउलो डिबाला

साउदी अरेबिया :

गोलकिपर – मोहम्मद अल ओवेस, नवाफ अल अकिदी र मोहम्मद अल यमी

डिफेन्डर – यासेर अल शहरानी, अली अल बुलैही, अब्दुल्लाह अल एम्री, अब्दुल्लाह मादु, हसन तामबक्ति, सुल्तान अल घनाम, मोहम्मद अल ब्रेक र साउद अब्दुलहमिद

मिडफिल्डर – सलमान अल फराज, रियाद शाराहिली, अली अल हसन, मोहम्मद कन्नो, अब्दुलाह अल मल्की, सामी अल नाजेई, अब्दुल्लाह ओताएफ, नासेर अल दसारी, अब्दुलरहमान अल एबौद, सलेम अल दसारी र हत्तन बाहेब्रि

फरवार्ड –फहाद अल मुवाल्लाद, हैथम एसिरी, साले अल शेरी र फिरास अलबुराइकन

मेक्सिको :

गोलरक्षक : गिलेर्मे ओचोआ, रोडोल्फो कोटा, अल्फ्रेडो टालाभेरा

डिफेन्डर : नेस्ट्रो अराउजो, जेसस गालार्डो, जेरार्डो अर्टेगा, हेक्टर मोरेनो, जोर्गे सान्चेज, जोहान भाज्केज, सेजार मोन्टेस, केभिन अल्भारेज

मिडफिल्डर : एरिक गुटिएरेज, ओर्बेलिन पेनेडा, हेक्टर हरेरा, कार्लोस रोड्रीग्वेज, आन्द्रेस ग्वाड्राडो, रोबर्टो अल्भाराडो, एड्सन अल्भारेज, लुइस चाभेज, उरीएल अन्तुना, लुइस रोमो

फरवार्ड : हर्भीङ लोजानो, रोजेलिओ फुनेस मोरी, हेनरी मार्टिन, राउल जिमिनेज, एलेसिस भेगा

पोल्यान्ड :

गोलरक्षक : वोजसिएच स्जेस्नी, बार्टलोमिज ड्रागोस्की र लुकाज स्कोरुप्स्की

डिफेन्डर : जान बेड्नारेक, कामिल जिल्क, रोबर्ट गुम्नी, अर्थर जेड्रजेजिक, जाकुब किविओर, माटेअस विटेस्का, बार्टोज बेरेस्जिन्स्की, म्याटी क्यास र निकोला जालेव्स्की

मिडफिल्डर : क्रिस्टियन बिलिक, प्रजेमिस्लाव फ्रान्कोव्स्की, कामिल ग्रोसिकी, जेगोर्ज क्राइचोविक, जाकुब कामिन्स्की, माइकल स्कोरास, डामिएन सिमान्स्की, सेबास्टियन सिमान्स्की, पिओटर जिलेन्स्की, सिमोन जुर्कोस्की

फरवार्ड : रोबर्ट लेवान्डोस्की, एर्काडिअस मिलिक, क्रिजस्तोफ पियाटिक, कारोल स्विडर्सकी

July 26, 2024

अन्जनको ह्याट्रिकमा चर्च ब्वाइज विजयी

काठमाडौं (हाम्रो खेलकुद) – एएफसी च्यालेन्ज लिग प्लेअफको तयारी गरिरहेको अपि पावर चर्च ब्वाइज युनाइटेडले मैत्रीपूर्ण खेलमा त्रिभुवन आर्मी फुटबल क्लबलाई पराजित गरेको छ । अर्को साताबाट भारतमा सुरु हुने डुरान्ड कपको तयारी गरिरहेको आर्मीको भद्रकाली स्थित मुख्यालयको फुटबल मैदानमा खेलिएको खेलमा पाहुना टोली ३-२ ले विजयी रह्यो । चर्च ब्वाइजका लागि फरवार्ड अन्जनले दुई […]

July 26, 2024

चितवन जिल्ला लिगमा  सौराहा र पानसको जित

सुशिल पन्त क्षेत्री,चितवन सेन्ट्रल कलेज चितवन जिल्ला ए डिभिजन लिग फुटबलमा शुक्रबार सौराहा युवा समाज र पानस युवा क्लब विजयी भएका छन् । शारदानगरको मैदानमा पहिलो खेलमा सौराहाले गीतानगर ब्वाइजलाई ३-१ ले हरायो । खेलमा सौराहालाई जिताउन सुशील घलानले ३५ औं र ५२ औं मिनेटमा गोल गरे । यस्तै लक्की गायकले २७ औं मिनेटमा गोल […]

July 26, 2024

सातदोबाटो र पुलिसको जित

काठमाडौं (हाम्रो खेलकुद) – ललित स्मृति यु-१८ लिग अन्तर्गत शुक्रवार भएका खेलमा सातदोबाटो युथ क्लब र नेपाल पुलिस क्लब विजयी भएका छन् । एन्फा कम्प्लेक्स सातदोबाटमा भएको दिनको पहिलो खेलमा सातदोबाटोले मनाङ मर्स्याङ्दी क्लब माथि २-० को जित दर्ता गरेको हो । सातदोबाटोका लागि सोनाम छिरिङ गुरुङ र प्रज्वल कार्कीले समान १-१ गोल गरे । […]

Success

Thank you for your time.