default_image

3 years ago

November 14, 2022

गर्नाचो नायक बन्दा म्यानचेस्टरको रोमाञ्चक जित

186 views

0 Bookmark

एजेन्सी – परिवर्तित खेलाडी एलेजान्द्रो गर्नाचो नायक बन्दा म्यानचेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिगमा रोमाञ्चक जित निकालेको छ ।

युनाइटेडले घरेलु टोली फुलहमलाई २–१ ले पराजित गरेको हो । युनाइटेडको जितमा क्रिस्टियन एरिक्सन र एलेजान्द्रो गर्नाचोले गोल गरे । फुलहमका ड्यानियल जेम्सले एक गोल फर्काए ।

क्राभेन कटेज लन्डनमा आइतबार राति भएको खेलको १४औं मिनेटमा क्रिस्टियन एरिक्सनको गोलबाट युनाइटेडले पहिलो हाफमा १–० को अग्रता लिएको थियो । ६१औं मिनेटमा ड्यानियल जेम्सले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए ।

त्यसपछि बराबरीतर्फ धकेलिएको खेलको इन्ज्युरी समयको थप गरिएको तेस्रो मिनेटमा परिवर्तित एलेजान्द्रो गर्नाचोले गोल गर्दै युनाइटेडलाई २–१ को रोमाञ्चक जित दिलाए । ७२औं मिनेटमा एन्थोनी मार्सियालको स्थानमा मैदान छिरेका गर्नाचोले एरिक्सनको पासमा गोल गर्न सफल भएका थिए ।

यस जितसँगै युनाइटेड १४ खेलबाट २६ अंक जोडेर पाँचौं स्थानमा उक्लिएको छ । पराजित फुलहम १९ अंक जोडेर नवौं स्थानमा रहेको छ ।

December 8, 2025

सेल्टासँग रियल म्याड्रिड स्तब्ध

एजेन्सी – रियल म्याड्रिड ला लिगामा‌ आइतवार पराजित भएको छ। घरेलु मैदान सान्टियागो बेर्नाबेउमा भएको खेलमा ९ खेलाडीमा सिमित हुँदै रियल सेल्टा भिगोसँग २-० ले स्तब्ध भएको छ। रियलले शीर्ष स्थानको बार्सिलोनासँगको अंक दूरी घटाउने अवसर गुमाएको छ। खेलको २४औँ मिनेटमा रियलका डिफेन्डर एदर मिलिताओ ह्यामस्ट्रिङ चोटका कारण मैदानबाट बाहिरिए। त्यसले टोलीको रक्षापक्ति थप कमजोर […]

December 7, 2025

आरसिटी अन्नपूर्णको फुटबल प्रशिक्षण कार्यक्रम सम्पन्न

काठमाडौं (हाम्रो खेलकुद)- उमेर समूहका उत्कृष्ट खेलाडी उत्पादन गर्ने उद्देश्यले अन्नपूर्ण आरसीटीले आयोजना गरेको ३० साताको फुटबल स्तर अभिवृद्धि प्रशिक्षण कार्यक्रम आइतबार सम्पन्न भएको छ । असार १४ गते सुरु भएको यस ग्रासरुटको कार्यक्रममा ७१ खेलाडीको सहभागिता थियो । त्यसमध्ये २२ किशोरी रहेका थिए । लैनचोर युवा क्लबको सहयोगमा चैनचोर फुटबल मैदानमा आयोजित प्रशिक्षण कार्यक्रम […]

December 7, 2025

लिभरपुललाई लिड्सले रोक्यो

एजेन्सी – प्रिमियर लिगमा शनिवार लिड्स युनाइटेडले निकै रोमाञ्चक खेलमा लिभरपुललाई ३-३ को बराबरी रोकेको छ। इन्जुरी समयको छैंटौं मिनेटमा जापानी खेलाडी एओ तानाकाले गोल गरेपछि लिड्सले एक अंक जोगाउन सफल भयो। खेलको ४८ र ५० औं मिनेटमा लिभरपुलका ह्युगो एकिटिकेले दुई गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए। तर लिड्सले खेलमा फर्कने प्रयास जारी […]

Success

Thank you for your time.