3 years ago
November 14, 2022
एजेन्सी – बायर्न म्युनिखका फरवार्ड अलफन्सो डेभिस र लिलका फरवार्ड जोनाथन डेभिडलाई समेट्दै क्यानडाले फिफा विश्वकप कतार २०२२ को लागि टोली घोषणा गरेको छ ।

टोलीका मुख्य प्रशिक्षक जोन हर्डम्यानले २६ सदस्यीय टोली घोषणा गरेका हुन् । बायर्न म्युनिखका स्टार अलफन्सो डेभिस र लिलका फरवार्ड जोनाथन डेभिडसम्मिलित क्यानडाले सन् १९८६ पछि पहिलो विश्वकप खेल्दैछ ।
क्यानडाको मिडफिल्डको नेतृत्व एफसी पोर्टोका स्टेफेन युस्टाक्वियो र अनुभवी एटिबा हचिन्सनले गर्नेछन् । यदि उनले खेले भने हचिन्सन ३९ वर्ष, नौ महिना र तीन दिनको उमेरमा विश्वकप खेल्ने सबैभन्दा पाको खेलाडी हुनेछन् । जसले अर्जेन्टिनाका एन्जल लाब्रुनाको (३९ वर्ष, आठ महिना, १९दिन) १९५८ को कीर्तिमान तोड्नेछन् ।
चोटका कारण गोलकिपर म्याक्सिम क्रेपेउ, सेन्टरब्याक स्कट केनेडी र डोनिल हेनरीले टोलीमा स्थान बनाउन सकेनन् ।डोनिललाई विश्वकपको लागि टोलीमा बोलाइएपनि अभ्यास दौरान चोट बोकेपछि उनी टोलीबाट बाहिरिएका हुन् ।
४१औं वरियतामा रहेको क्यानडाले समूह एफमा नोभेम्बर २३ मा बेल्जियमसँग, नोभेम्बर २७ मा क्रोएसिया र डिसेम्बर १ मा २२ मोरोक्कोसँग खेल्नेछ । टोलीले बिहीबार जापानसँग अन्तिम अभ्यास खेल खेल्नेछ ।
क्यानाडाको विश्वकप टोली:
गोलकिपर – मिलान बोर्जन, जेम्स पेन्टेमिस, डेन सेन्ट क्लेयर
डिफेन्डर – कमल मिलर, स्टिभन भिटोरिया, जोएल वाटरम्यान, डेरेक कर्नेलियस, साम एडेकुग्वे, एलिस्टेएर जोनस्टन र रिची लारेआ
मिडफिल्डर – एटिबा हचिन्सन, स्टिफन युस्टाक्वियो, जोनाथन ओसोरियो, मार्क–एन्थोनी काए, साम पिएट, स्माइल कोन, लियाम फ्रासेर र डेभिड वुदर्सपुन
फरवार्ड – ताजोन बुचानन, अल्फन्सो डाभिस, जोनाथन डेभिड, जुनियर होइलेट, साइल लारिन, लुकास काभालिनी, लियाम मिलर र इके उग्वो
December 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफको २ खेलको प्रदर्शनलाई हेर्दा त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको दाबेदार देखिन्छ। तर आज हुने खेलको नतिजा एपिएफलाई फाइनल पुग्नका लागि महत्वपूर्ण हुनेछ। भारतीय क्लब इस्ट बंगाल लगातार २ खेल जित्दै ६ अंकका साथ शीर्ष स्थानमा छ। इस्ट बंगाल च्याम्पियनसिपको मुख्य दाबेदारका रुपमा देखिएको छ। एपिएफले २ खेलमा […]
December 13, 2025
एजेन्सी – प्रिमियर लिगमा शनिवार चेल्सी र लिभरपुल विजयी भएको छ। चेल्सीले स्टामफोर्ड ब्रिजमा एभर्टनलाई २–० ले हराउँदै प्रिमियर लिगमा चार खेलपछि जित निकालेको हो।खेलको २१ औं मिनेटमा कोल पाल्मर र मालो गुस्टोले ४५ औं मिनेटमा गोल गर्दै चेल्सीलाई जित दिलाए। लामो समयको चोटपछि फर्किएका पाल्मरले सेप्टेम्बरयताकै पहिलो लिग गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। […]
December 12, 2025
एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्यो। खेलको सुरुवातबाटै […]