9 years ago
December 26, 2016
दिपेश तिमल्सिना
सिलिगुडी (हाम्रो खेलकुद)– महिला साफ च्याम्पियनसिप फुटबलमा इतिहास रच्ने लक्ष्य बोकेर भारतको सिलिगुडी पुगेको नेपाली टोलीले सोमबार भुटानसँग खेल्दै यात्रा प्रारम्भ गर्दैछ ।

श्रीलंका र भुटान पनि रहेको समूह एबाट नेपालको पहिलो प्रयास समूह विजेताका रुपमा अघि बढ्नु हुनेछ । अर्को समूहमा भोली भारत र अफगानिस्तान खेल्दैछन् । केहि दिन अघि मलेसियालाई मैत्रीपूर्ण खेलमा हराएर उत्साहित नेपाली टोली प्रमुख प्रशिक्षक कुमार थापा टोलीले उच्च प्रदर्शन गर्नेमा आशावादी छन् ।
यसअघि उपविजेतामा चित्त बुझाउँदै आएको नेपाल यसपटक उपाधि जितेर फर्कनेमा आशावादी छ । थापाको प्रशिक्षणमा नेपालको यो पहिलो प्रतिस्पर्धात्मक खेल हुनेछ । इतिहास हेर्ने हो भने नेपालका लागि भुटान बलियो प्रतिद्वन्द्वि होइन । अहिले सम्म नेपालले भुटानसँग हार्नु परेको छैन । अहिले सम्मका सबै ६ खेल जितेको नेपालले त्यस क्रममा १२ गोल गरेको छ भने ३ गोल खाएको छ ।
सिलिगुडीको कञ्चनजंगा रंगशालामा नेपाल र भुटानको नेपाली समय अनुसार दिउँसो २ः१५मा सुरु हुनेछ ।
December 12, 2025
एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्यो। खेलको सुरुवातबाटै […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिगको विजेताले ५० लाख रुपैयाँ प्राप्त गर्ने भएको छ।अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय लिग खेल्ने १७ क्लबका प्रतिनिधिबीच आज छलफल भएको थियो। राष्ट्रिय लिगको दोस्रो टोलीले २५ लाख र तेस्रो टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जनाएको छ।राष्ट्रिय लिग पुस २५ गते त्रिपुरेश्वरस्थित दशरथ […]