2 years ago
November 15, 2022
एजेन्सी – साविकको विश्व विजेता फ्रान्सले फिफा विश्वकप कतार २०२२ का लागि फरवार्ड मार्कुस थुरामलाई टोलीमा समेटेको छ । योसँगै फ्रान्सको टोलीले पूर्णता पाएको छ ।
फ्रान्सका मुख्य प्रशिक्षक डिडियर डेसच्याम्प्सले गत साता २५ सदस्यीय टोलीको घोषणा गर्दै एक खेलाडी अर्काे साता थप्ने बताएको थियो ।
चोटका कारण प्रेसनेल किमपेम्वे बाहिरिदा अनक्याप्ड एक्सेल डिसासीलाई पनि प्रशिक्षणमा बोलाइएको थियो । तर, फ्रान्सेली फुटबल फेडेरेसन (एफएफएफ) ले जर्मन क्लब बोरुसिया मोन्चेनग्लाडवाक २५ वर्षीय फरवार्ड थुरामलाई टोलीमा समेटिएको जनाएको छ ।
अब थुरामले अग्रपङ्तिमा करिम बेन्जेमा, किङ्सले कोमान, औसमाने डेम्बेले, ओलिभर जिरुड, एन्टोइन ग्रिजमन, केलियन एमबाप्पे र क्रिस्टोफोर एनकुन्कुसँग खेल्नको लागि प्रतिस्पर्धा गर्नुपर्नेछ ।
सन् १९९८ को विश्वकप विजेता लिलियन थुरामका छोरा थुराम यस सिजन सबै प्रतियोगितामा १३ गोल र चार असिस्टसहित प्रभावशाली फर्ममा छन् । थुरामले फ्रान्सबाट चार क्याप जितिसकेका छन् । तर गत जुनमा युरोपियन च्याम्पियनसिपपछि उनी टोलीमा परेका छैनन् ।
फ्रान्सलाई २०१८ मा विश्वकप जिताएका मिडफिल्डरद्धय पउल पोग्बा र एन’गोलो कान्टेलाई यसपटक फ्रान्सले चोटका कारण गुमाउनेछन् ।
फ्रान्सको टोली यसै साता कतार पुग्दैछ । समूह ‘डी’ मा रहेको फ्रान्सले नोभेम्बर २२ मा अष्ट्रेलियाविरुद्ध खेल्दै विश्वकपको सुरुवात गर्नेछ । त्यसपछि फ्रान्सले २६ नोभेम्वरमा डेनमार्क र ३० नोभेम्बरमा ट्युनिसियासँग खेल्नेछ ।
फ्रान्सको अन्तिम टोली :
गोलरक्षक : ह्युगो लोरिस, अल्फोन्स आरिओला, स्टिभ मान्डान्डा
डिफेन्डर : लुकास हर्नान्डेज, थिओ हर्नान्डेज, प्रेस्नेल किम्पेम्बे, इब्राहिमा कोनाटे, जुल्स कुन्डे, बेन्जामिन पाभार्ड, विलियम सालिबा, दायोट उपमेकानो, राफाएल भारान
मिडफिल्डर : एडुआर्डो कामाभिन्गा, युसुफ फोफाना, माटियो गुएन्डोजी, एड्रिएन राबीओट, ओरेलिएन चुआमेनी, जोर्डन भेरेटु
फरवार्ड : करीम बेन्जेमा, किंग्सले कोमान, ओस्मान डेम्बेले, ओलिभिएर जिरुड, एन्टोइन ग्रिज्मन, किलीयन एमबाप्पे, क्रिस्टोफर एनकुन्कु र मार्कुस थुराम
December 2, 2024
एजेन्सी – लिभरपुल इंग्लिस प्रिमियर लिगको शीर्षस्थानमा थप मजबुत बन्दै गएको छ। लिभरपुलले आइतवार म्यानचेस्टर सिटीलाई २-० ले हराउँदै लिगमा थप बलियो बनेको हो। लिभरपुललाई जित दिलाउन कोडी गाक्पो र मोहम्मद सलाहले गोल गरे। १२औं मिनेटमा गाक्पोको गोलमा अग्रता लियो। ७८ औं मिनेटमा लिभरपुलले अग्रता दोब्बर पार्यो । सिटीका गोलकिपर स्टेफान ओर्टेगाले सलाहका लुइस डियाजलाई […]
December 2, 2024
एजेन्सी- स्पेनिस ला लिगामा साविक विजेता रियल म्याड्रिडले शीर्षस्थानको बार्सिलोनासँगको अंक दूरीलाई घटाएको छ। रियलले आइतवार गेटाफेलाई २-० ले पराजित गर्दै ला लिगाको दोस्रो स्थानमा उक्लेको हो । जुड बेलिङघम रकेलियन एमबाप्पेको गोलमा रियल विजयी भएको हो । घरेलु मैदानमा बेलिङघमको पेनाल्टी गोलमा रियलले ३० औं अग्रता बनायो। खराब प्रदर्शनबाट गुज्रिरहेका एमबाप्पले ३८ औं मिनेटमा […]
December 1, 2024
एजेन्सी – चेल्सी इङ्लिस प्रिमियर लिग आइतवार विजयी भएको छ। स्ट्यामफोर्ड ब्रिजमा चेल्सीले एस्टन भिल्लालाई ३-० ले पराजित गरेको हो। सातौं मिनेटमै निकोलस ज्याक्सनले गोल गर्दै अग्रता दिलाए। ३६औं मिनेटमा कोल पाल्मरको पासमा एन्जो फर्नान्डेजले गोल गरे। नोनी मडुकेको पासमा ८३औं मिनेटमा पाल्मरले गर्दै चेल्सीको जित पक्का गरे। १३ खेलमा २५ अंकसहित चेल्सीले तेस्रो स्थानमा […]