default_image

3 years ago

November 15, 2022

मेक्सिकोको विश्वकप टोली घोषणा

196 views

0 Bookmark

एजेन्सी – फिफा विश्वकप २०२२ कतार अन्तर्गत समूह सी मा रहेको मेक्सिकोले २६ सदस्यीय अन्तिम टोली घोषणा गरेको छ ।

अनुभवी गोलरक्षक गोलेर्मे ओचोआलाई समेट्दै मेक्सिकोले टोली घोषणा गरेको हो । यसपटक जाभिएर हर्नान्डेज टोलीमा नहुँदा वल्भ्सका राउल जिमिनेज भने टोलीमा परेका छन् । नेपोलीबाट सानदार प्रदर्शन गरिरहेका हर्भीङ लोजानो पनि टोलीमा छन् ।

मेक्सिको विश्वकपको समूह सी मा रहेको छ । यस समूहमा विश्वकपको उपाधि दावेदार अर्जेन्टिना, साउदी अरब र पोल्यान्ड रहेका छन् ।

मेक्सिकोको अन्तिम टोली :

गोलरक्षक : गिलेर्मे ओचोआ, रोडोल्फो कोटा, अल्फ्रेडो टालाभेरा

डिफेन्डर : नेस्ट्रो अराउजो, जेसस गालार्डो, जेरार्डो अर्टेगा, हेक्टर मोरेनो, जोर्गे सान्चेज, जोहान भाज्केज, सेजार मोन्टेस, केभिन अल्भारेज

मिडफिल्डर : एरिक गुटिएरेज, ओर्बेलिन पेनेडा, हेक्टर हरेरा, कार्लोस रोड्रीग्वेज, आन्द्रेस ग्वाड्राडो, रोबर्टो अल्भाराडो, एड्सन अल्भारेज, लुइस चाभेज, उरीएल अन्तुना, लुइस रोमो

फरवार्ड : हर्भीङ लोजानो, रोजेलिओ फुनेस मोरी, हेनरी मार्टिन, राउल जिमिनेज, एलेसिस भेगा

December 14, 2025

एपिएफ र कराँची सिटी खेल्दै

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफको २ खेलको प्रदर्शनलाई हेर्दा त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको दाबेदार देखिन्छ। तर आज हुने खेलको नतिजा एपिएफलाई फाइनल पुग्नका लागि महत्वपूर्ण हुनेछ। भारतीय क्लब इस्ट बंगाल लगातार २ खेल जित्दै ६ अंकका साथ शीर्ष स्थानमा छ। इस्ट बंगाल च्याम्पियनसिपको मुख्य दाबेदारका रुपमा देखिएको छ। एपिएफले २ खेलमा […]

December 13, 2025

चेल्सी र लिभरपुलको जित

एजेन्सी – प्रिमियर लिगमा शनिवार चेल्सी र लिभरपुल विजयी भएको छ। चेल्सीले स्टामफोर्ड ब्रिजमा एभर्टनलाई २–० ले हराउँदै प्रिमियर लिगमा चार खेलपछि जित निकालेको हो।खेलको २१ औं मिनेटमा कोल पाल्मर र मालो गुस्टोले ४५ औं मिनेटमा गोल गर्दै चेल्सीलाई जित दिलाए। लामो समयको चोटपछि फर्किएका पाल्मरले सेप्टेम्बरयताकै पहिलो लिग गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। […]

December 12, 2025

युरोपा लिग – ६ टोलीको नकआउट चरण पक्का

एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्‍यो। खेलको सुरुवातबाटै […]

Success

Thank you for your time.