3 years ago
November 15, 2022
काठमाडौं (हाम्रो खेलकुद)– राष्ट्रिय टोलीका कप्तान एवंम् गोलकिपर किरण चेम्जोङ सम्मलित टोली राउन्ड ग्लास पन्जाब एफसीले जितका साथ आई लिगको नयाँ सिजनको सुरुवात गरेको छ । हरियाको गुणगाँउस्थित टउदेवी लाल रंगशालामा सोमबार भएको खेलमा पन्जाबले श्रीनिधी डेकनलाई २–१ ले हराएको थियो ।

पन्जाबले पहिलो हाफमै २–० को अग्रता लिएको थियो । लुका माज्केनको गोलमा २३ औं मिनेटमा पन्जाबले अग्रता लिएको थियो । सामुयल लालमौनपुइाकोले ४२ औं मिनेटमा गोल गर्दै पन्जाबको अग्रतालाई दोब्बर पारे । ५८ औं मिनेटमा डेकनका लागि सहाबाजले गोल फर्काएका थिए ।

पन्जाबका सामुयल खेलको म्यान अफ दी म्याच घोषित भएका थिए । किरणले पूरा समय खेलेका थिए । आइ लिगकै कारण किरण बुधबार पाकिस्तानविरुद्ध हुने मैत्रीपूर्ण खेलमा राष्ट्रिय टोलीमा छैनन् । उनको अनुपस्थितिमा रोहित चन्दले कप्तानी सम्हाल्नेछन् । आइ लिगमा १२ टोलीको सहभागिता रहेको छ । पन्जाबले अर्को खेल मंसिर ४ गते मोहमडन स्पोर्टिङ क्लबसँग खेल्नेछ ।
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]
December 18, 2025
एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]