3 years ago
November 16, 2022
एजेन्सी – खुट्टाको चोटका कारण सेनेगलका फरवार्ड साडियो मानेले फिफा विश्वकप कतार २०२२ को पहिलो खेल गुमाउने भएका छन् ।

सेनेगल फुटबल फेडेरेसन (एफएसएफ) ले आफ्नो मुख्य फरवार्ड मानले चोटका कारण पहिलो खेल गुमाउने बताएको छ ।जर्मन क्लब बायर्न म्युनिखका फरवार्डलाई गत साता चोटका बावजुत पनि टोलीमा समावेश गरिएको थियो ।
जर्मन च्याम्पियन्स बायर्नले ३० वर्षीय मानेले चोट बोकेको बताएपनि सेनेगलका प्रशिक्षक अलिउ सिसेले मानेलाई शल्यक्रियाको आवश्यकता नरहेको बताउँदै टोलीमा समेटेका थिए ।
समूह ‘ए’ मा रहेको सेनेगलले विश्वकपको पहिलो खेलमा सोमबार नेदरल्यान्ड्ससँग खेल्दैछ । त्यसपछि सेनेगलले आयोजक कतारसँग २५ नोभेम्बर इक्वेडरसँग २९ नोभेम्बरमा खेल्दैछ ।
‘हामीले साडियोबिना पहिलो खेल खेल्नु र जित्नुपर्नेछ ।’ एफएसएफका बोर्ड सदस्य अब्दुलाये सोएले एपीलाई भने, ‘कसैले यो चाहँदैनथ्यो, तर हामीले यो भोग्नुपर्नेछ । दुई पटक अफ्रिकी फुटबलर अफ द इयरको अनुपस्थिति हाम्रो लागि ठुलो मुल्य चुकाई हो ।’
अफ्रिका कप अफ नेसन्सको फाइनलमा इजिप्टलाई टाइब्रेकरमा पराजित गर्दै फेब्रुअरीमा पहिलोपटक महादेशीय च्याम्पियन बन्दा उनले विजयी पेनाल्टीमा गोल गरेका थिए ।
इजिप्टविरुद्ध मानेले दुई महिनाभित्र यस्तै उपलब्धि दोहोर्याएको थियो । अफ्रिका कप अफ नेसन्समा टाइब्रेकरमा निर्णायक गोल गरेका मानेले कतार विश्वकपको प्ले अफमा पनि इजिप्टविरुद्ध नै पेनाल्टीमा निर्णायक गोल गरेका थिए ।
December 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफको २ खेलको प्रदर्शनलाई हेर्दा त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको दाबेदार देखिन्छ। तर आज हुने खेलको नतिजा एपिएफलाई फाइनल पुग्नका लागि महत्वपूर्ण हुनेछ। भारतीय क्लब इस्ट बंगाल लगातार २ खेल जित्दै ६ अंकका साथ शीर्ष स्थानमा छ। इस्ट बंगाल च्याम्पियनसिपको मुख्य दाबेदारका रुपमा देखिएको छ। एपिएफले २ खेलमा […]
December 13, 2025
एजेन्सी – प्रिमियर लिगमा शनिवार चेल्सी र लिभरपुल विजयी भएको छ। चेल्सीले स्टामफोर्ड ब्रिजमा एभर्टनलाई २–० ले हराउँदै प्रिमियर लिगमा चार खेलपछि जित निकालेको हो।खेलको २१ औं मिनेटमा कोल पाल्मर र मालो गुस्टोले ४५ औं मिनेटमा गोल गर्दै चेल्सीलाई जित दिलाए। लामो समयको चोटपछि फर्किएका पाल्मरले सेप्टेम्बरयताकै पहिलो लिग गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। […]
December 12, 2025
एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्यो। खेलको सुरुवातबाटै […]