default_image

3 years ago

November 16, 2022

विश्वकपका सर्वाधिक अनुभवी मेस्सी

366 views

0 Bookmark

एजेन्सी – फिफा विश्वकप कतार २०२२ मा अर्जेन्टिनाका कप्तान लिओनेल मेस्सी सर्वाधिक अनुभवी खेलाडीका रुपमा रहेका छन् । सन् २००६ यता नियमित विश्वकप खेलिरहेका मेस्सी पाँचौ विश्वकप खेल्ने तयारीमा छन् ।

मेस्सीले हालसम्म विश्वकपमा १९ खेल खेलेका छन् । सन् २०१४ मा फाइनलमा पराजित अर्जेन्टिना गत संस्करण भने फ्रान्ससँग राउन्ड अफ १६ मा पराजित भएको थियो । त्यसअघि सन् २००६ र २०१० मा भने अर्जेन्टिनाको यात्रा क्वाटरफाइनलमा पराजित भएको थियो ।

यसपटक समूह सी मा रहेको अर्जेन्टिनालाई उपाधिको दावेदारको रुपमा हेरिएको छ । अर्जेन्टिनाको समूहमा मेक्सिको, साउदी अरेबिया र पोल्यान्ड रहेका छन् । मेस्सीले यसपटक विश्वकपको फाइनल खेले उनी विश्वकप इतिहासमै सबैभन्दा धेरै खेल खेल्ने खेलाडी बन्नेछन् ।

विश्वकपको इतिहासमा जर्मनीका लोथार मथाउसले सर्वाधिक २५ खेल खेलेका छन् । सन् १९८२ देखि सन् १९९८ सम्म उनले लगातार ५ संस्करणमा सहभागिता जनाए । त्यसपछि जर्मनीकै मिरोस्लाभ क्लोज २४ खेल र इटालीका पाओलो माल्डिनी २३ खेलसहित सर्वाधिक खेल्ने खेलाडीमा छन् ।

यसपटक विश्वकपमा सहभागी खेलाडीमा भने मेस्सीपछि पोर्चुगलका क्रिस्टियानो रोनाल्डोले १७ खेल खेलेका छन् । जर्मनीका थोमस मुलर र म्यानुएल नोएर तथा उरुग्वेका फर्नान्डो मुस्लेराले पनि १६ खेल खेलेका छन् । फ्रान्सका ह्युगो लोरिसले १५ खेल खेलेका छन् ।

December 15, 2025

बायर्न म्युनिख पुछारको टोलीसँग रोकियो

एजेन्सी – बुन्डेसलिगाको शीर्ष टोली बायर्न म्युनिखले तालिकाको पुछारमा रहेको माइन्जसँग आइतवार २-२ को बराबरी खेलेको छ। यद्यपि बायर्न र दोस्रो स्थानको आरबी लिपजिङबीच ९ अंकको अन्तर छ। २९औँ मिनेटमा युवा खेलाडी लेनार्ट कार्लले नजिकबाट गोल गर्दै बायर्नलाई अग्रता दिलाए। तर पहिलो हाफ समाप्त हुनुअघि विलियम बोभिङको फ्रिकिकमा कास्पर पोटुल्स्कीले हेडमार्फत गोल गर्दै पाहुना टोली […]

December 14, 2025

इस्ट बंगाल र एपिएफ साफ क्लब च्याम्पियनसिपको फाइनलमा

काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीसँगै नेपालको लिग च्याम्पियन एपिएफ दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपको फाइनल पुगेको छ। इस्ट बंगालले आज बंगलादेशको नासिर स्पोर्टस एकेडेमीलाई ७-० ले गराएसँगै एपिएफको फाइनलमा यात्रा पक्का भएको हो। इस्ट बंगाल र एपिएफले फाइनलमा एकअर्काको सामना गर्नेछन् ।त्यसअघि बुधवार लिग चरणको अन्तिम खेल पनि यी दुई टोलीबीच […]

December 14, 2025

एपिएफ साफ क्लब च्याम्पियनसिपको फाइनल नजिक

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपको फाइनल नजिक पुगेको छ। पाकिस्तानको‌ कराँची सिटी एफसीलाई १-० ले हराउँदै एपिएफ फाइनल नजिक पुगेको हो। दोस्रो जितसँगै ७ अंकका साथ एपिएफ शीर्ष स्थानमा उक्लिएको छ। पहिलो खेल नासिर स्पोर्टस एकेडेमीलाई ४-० ले हराएको एपिएफ दोस्रो खेलमा भुटानको ट्रान्सपोर्ट युनाइटेडसँग गोलरहित बराबरीमा रोकिएको थियो। […]

Success

Thank you for your time.