3 years ago
November 16, 2022
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टोलीले दशरथ रंगशालामा हुने अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा आज पाकिस्तानको सामना गर्दैछ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले यस खेलका लागि प्रवेश कटुवाललाई कार्यवाहक प्रशिक्षकको जिम्मेवारी सुम्पिएको छ ।

प्रशिक्षक कटुवालले २३ सदस्यीय अन्तिम टोलीको घोषणा गरिसकेका छन् । पाकिस्तानविरुद्ध खेलमा नियमित कप्तान किरण चेम्जोङ अनुपस्थित रहँदा रोहित चन्दले पहिलो पटक टोलीको कप्तानी गर्दैछन् । प्रशिक्षक कटुवालले मछिन्द्रमा अबलम्बन गरेको ४-३-३ फर्मेसन नै प्रयोग गर्ने देखिन्छ ।
गोलरक्षकमा किरणको अनुपस्थितिसँगै तीनै गोलरक्षक सुरुवातमा खेल्न प्रयासरत छन् । दीप कार्कीले पहिल्प रोजाइमा खेल्न सक्छन् । रोहितले आज सेन्टर डिफेन्समा सुरुवात गर्ने सम्भावना छ । उनलाई सदाझैँ अनन्त तामाङले साथ दिनेछन् ।
सुमन अर्याल प्रस्थान गरेसँगै लेफ्ट ब्याकमा नेपाललाई समस्या परेको छ । रञ्जित धिमाल घाइते भएपछि निशान खड्का टोलीमा छन् । तर प्रशिक्षक कटुवालले सुजल श्रेष्ठलाई लेफ्ट ब्याक र दीनेश राजवंशीलाई राइट ब्याकमा उतार्ने सम्भावना छ । मिडफिल्डमा तेज तामाङ र पुजन उपरकोटी खेल्ने देखिन्छ । तेस्रो मिडफिल्डर पोजिसनका लागि एरिक विष्ट र सेसेहाङ आङदेम्बेमा एकजना छन् । आवास लामिछाने पनि बेन्चबाट खेल्ने सम्भावना छ ।
आक्रमणमा उच्च लयमा रहेका अन्जन विष्ट राइट विंगमा खेल्नेछन् । उनलाई नवयुग श्रेष्ठ र विमल घर्तीमगरले साथ दिनेछन् । सुनिल बल र आयुष घलान पनि बेन्चबाट प्रवेश गर्ने प्रयासमा हुनेछन् ।
नेपालको सम्भावित ११ :
दीप कार्की : सुजल श्रेष्ठ, अनन्त तामाङ, रोहित चन्द, दीनेश राजवंशी : पुजन उपरकोटी, सेसेहाङ आङदेम्बे, तेज तामाङ : अन्जन विष्ट, नवयुग श्रेष्ठ, विमल घर्तीमगर
अन्तिम टोली :
गोलरक्षक : विशाल श्रेष्ठ, विकेश कुथु र दीप कार्की
डिफेन्डर : रोहित चन्द, अनन्त तामाङ, विकास तामाङ, दीनेश राजवंशी, विकास खवास, गौतम श्रेष्ठ, निशान खड्का
मिडफिल्डर : तेज तामाङ, सेसेहाङ आङदेम्बे, सुरज जिउ ठकुरी, पुजन उपरकोटी, एरिक विष्ट, आवास लामिछाने
फरवार्ड : अन्जन विष्ट, विमल घर्तीमगर, नवयुग श्रेष्ठ, आयुष घलान, सुनिल बल, ऋतिक खड्का, सुजल श्रेष्ठ
December 19, 2025
एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]