default_image

3 years ago

November 17, 2022

जर्मनी र पोल्यान्डकाे स‌घर्षपूर्ण जित

420 views

0 Bookmark

एजेन्सी – फिफा विश्वकप कतार २०२२ अघिको अन्तिम अभ्यास खेलमा जर्मनी र पोल्यान्डले सफलता हात पारेका छन् ।

जर्मनीले एसियाली प्रतिद्धन्द्धी ओमानमाथि १–० को झिनो जित निकालेको हो । जर्मनीको जितमा दोस्रो हाफमा परिवर्तित खेलाडी निकलस फुलक्रुगले गरेको गोल नै निर्णायक बन्यो ।

४६औं मिनेटमा युसोउफा मौकोकोको स्थानमा मैदान छिरेका निकलसले ८०औं मिनेटमा काई हाभर्टजको पासमा गोल गर्न सफल भएका थिए ।

सुल्तान कवास स्पोर्ट्स कम्प्लेक्स मस्कटमा बुधबार राति भएको खेलमा जर्मनीले घरेलु टोलीमाथि लगातार दवाव सिर्जना गरेपनि थप गोल निकाल्न सकेन । ओमानका गोलरक्षक इब्राहिम अल मुखाइनीले जर्मनीको हरेक प्रहारलाई विफल पारेपनि अन्तिमा गोल खान पुग्यो ।

जर्मनीले ओमानविरुद्ध जमल मुसियाला, सर्ज नाब्री, निकलस सुललाई विश्राम दिदा योसुवा किम्मिख, क्रिस्टियन गन्टरलाई दोस्रो हाफमा मैदान प्रवेश गराएको थियो । समूह ‘ई’ मा रहेको जर्मनीले २३ नोभेम्वरमा जापान, २७ नोभेम्वरमा स्पेन र १ डिसेम्वरमा कोस्टा रिकासँग प्रतिस्पर्धा गर्नेछ ।

यस्तै विश्वकपकै अन्तिम अभ्यास खेलमा पोल्यान्डले चिलीलाई १–० ले पराजित गरेको छ । घरेलु मैदानमा पोल्यान्डको जितमा क्रिजस्तोफ पियाटिकले खेलको अन्त्यतिर गरेको गोल नै निर्णायक बन्यो । उनले ८५औं मिनेटमा गोल गर्न सफल भएका थिए ।

अब पोल्यान्ड विश्वकपमा होमिनेछ । पोल्यान्ड विशवकपमा समूह ‘सी’ मा रहेको छ । पोल्यान्डले २२ नोभेम्वरमा मेक्सिको, २६ नोभेम्वरमा साउदी अरेबिया र ३० नोभेम्वरमा अर्जेन्टिनासँग खेल्नेछ ।

यस्तै मैत्रीपूर्णमा अष्ट्रियाले एन्डोरालाई १–० ले पराजित गरेको छ । चेक रिपब्लिकले फारोई आइल्यान्डलाई ५–० को फराकिलो अन्तरले पराजित गरेको छ । टर्कीले स्कटल्यान्डलाई १–० ले हराएको छ । बुल्गेरियाले साइप्रसलाई १–० ले तथा जिब्राल्टारले लिचेस्टाइनलाई २–० ले पराजित गरेको छ ।

December 15, 2025

बायर्न म्युनिख पुछारको टोलीसँग रोकियो

एजेन्सी – बुन्डेसलिगाको शीर्ष टोली बायर्न म्युनिखले तालिकाको पुछारमा रहेको माइन्जसँग आइतवार २-२ को बराबरी खेलेको छ। यद्यपि बायर्न र दोस्रो स्थानको आरबी लिपजिङबीच ९ अंकको अन्तर छ। २९औँ मिनेटमा युवा खेलाडी लेनार्ट कार्लले नजिकबाट गोल गर्दै बायर्नलाई अग्रता दिलाए। तर पहिलो हाफ समाप्त हुनुअघि विलियम बोभिङको फ्रिकिकमा कास्पर पोटुल्स्कीले हेडमार्फत गोल गर्दै पाहुना टोली […]

December 14, 2025

इस्ट बंगाल र एपिएफ साफ क्लब च्याम्पियनसिपको फाइनलमा

काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीसँगै नेपालको लिग च्याम्पियन एपिएफ दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपको फाइनल पुगेको छ। इस्ट बंगालले आज बंगलादेशको नासिर स्पोर्टस एकेडेमीलाई ७-० ले गराएसँगै एपिएफको फाइनलमा यात्रा पक्का भएको हो। इस्ट बंगाल र एपिएफले फाइनलमा एकअर्काको सामना गर्नेछन् ।त्यसअघि बुधवार लिग चरणको अन्तिम खेल पनि यी दुई टोलीबीच […]

December 14, 2025

एपिएफ साफ क्लब च्याम्पियनसिपको फाइनल नजिक

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपको फाइनल नजिक पुगेको छ। पाकिस्तानको‌ कराँची सिटी एफसीलाई १-० ले हराउँदै एपिएफ फाइनल नजिक पुगेको हो। दोस्रो जितसँगै ७ अंकका साथ एपिएफ शीर्ष स्थानमा उक्लिएको छ। पहिलो खेल नासिर स्पोर्टस एकेडेमीलाई ४-० ले हराएको एपिएफ दोस्रो खेलमा भुटानको ट्रान्सपोर्ट युनाइटेडसँग गोलरहित बराबरीमा रोकिएको थियो। […]

Success

Thank you for your time.