3 years ago
November 18, 2022
एजेन्सी – स्पेनले फिफा विश्वकप कतार २०२२ को तयारीस्वरुप खेलिएको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा सहज जित निकालेको छ । स्पेनले जोर्डनलाई उसकै मैदानमा ३–१ ले पराजित गरेको हो ।

स्पेनको सहज जितमा अन्सु फाती, पाब्लो गाभी र निको विलियम्सले गोल गरे । जोर्डनका हम्जा अल डरडोउरले एक गोल फर्काए ।
अम्मान इन्टरनेसनल स्टेडियम अम्मानमा बिहीबार राति भएको खेलको १३औं मिनेटमा अन्सु फातीको गोलबाट स्पेनले सुरुवाती अग्रता लिन सफल भयो । उनले मार्काे एसेन्सियोको पासमा गोल गर्न सफल भएका थिए । ५७औं मिनेटमा पाब्लो गाभीले गोल गर्दै स्पेनको अग्रत दोब्बर पारे ।
८४औं मिनेटमा परिवर्तित खेलाडी निको विलियम्सले गोल गर्दै स्पेनलाई ३–० ले अघि बढाए । ७२औं मिनेटमा फातीको स्थानमा मैदान छिरेका विलियम्सले यारेमी पिनोको पासमा गोल गर्न सफल भएका थिए ।
इन्ज्युरी समयको थप गरिएको दोस्रो मिनेटमा घरेलु टोलीका हम्जाले गोल गर्दै खेललाई ३–१ को स्थितिमा ल्याएपनि त्यसपछि थप गोल निस्कन नसक्दा स्पेन विजयी हुन सफल भयो ।
स्पेन विश्वकपमा समूह ‘ई’ मा रहेको छ । स्पेनले २३ नोभेम्वरमा कोस्टा रिका, २७ नोभेम्वरमा जर्मनी र १ डिसेम्वरमा जापानसँग खेल्ने तालिका छ ।
December 19, 2025
एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]