3 years ago
November 18, 2022
एजेन्सी – क्याटलान क्लब बार्सिलोनाका पोलिस फरवार्ड रोबर्ट लेवान्डोस्कीलाई तीन खेलको प्रतिबन्ध लागेको छ । स्पेनिस फुटबल महासंघ (आरएफईएफ) ले लेवान्डोस्कीलाई तीन खेलको प्रतिबन्ध सुनाएको हो ।

गत साता ओसासुनामाथि २–१ को जित निकालेको खेलमा लेवान्डोस्कीले रातो कार्ड पाएर मैदानबाट बाहिरिएका थिए । ३४ वर्षीय फरवार्डले ओसासुनाका डेभिड गार्सियाको अनुहारमा (एल्बो) कुहिनोको प्रयोग गरेपछि दोस्रो पहेँलो कार्ड देखाइएको थियो ।
यो उनको खेल करिअरको दोस्रो रातो कार्ड हो । यसअघि उनले सन् २०१३ मा ह्यामवर्गविरुद्धको खेलमा रातो कार्ड पाएको थियो । आरएफईएफका अनुसार लेवान्डोस्कीले रातो कार्ड पाएपछि ‘रेफ्रीहरूप्रति अपमानजनक व्यवहार’ भएको भन्दै तीन खेलको प्रतिबन्ध लगाइएको हो ।
उक्त निर्णयपछि मध्यान्तरको समयमा रेफ्रीको अपमान गरेपछि जेरार्ड पिकेलाई पनि रातो कार्ड देखाएको थियो । उनलाई पनि चार खेलमा प्रतिबन्ध लगाइएको छ । उक्त खेलमा बेन्चमा रहेका जेरार्डले त्यसअघि नै सन्यास लिइसकेका छन् ।

बार्सिलोनाले लेवान्डोस्कीको प्रतिबन्धविरुद्ध अपिल गर्ने बताएको छ । तीन खेलको प्रतिबन्धसँगै लेवान्डोस्कीले फिफा विश्वकप कतार २०२२ पछि सुचारु हुने ला लिगाको इस्पानियोल, एट्लेटिको म्याड्रिड र गेटाफेविरुद्धको खेल गुमाउने छन् ।
यसै सिजन जर्मन क्लब बायर्न म्युनिखबाट बार्सिलोना आएका लेवान्डोस्कीले १९ खेलमा १८ गोल गरिसकेका छन् ।
December 8, 2025
एजेन्सी – रियल म्याड्रिड ला लिगामा आइतवार पराजित भएको छ। घरेलु मैदान सान्टियागो बेर्नाबेउमा भएको खेलमा ९ खेलाडीमा सिमित हुँदै रियल सेल्टा भिगोसँग २-० ले स्तब्ध भएको छ। रियलले शीर्ष स्थानको बार्सिलोनासँगको अंक दूरी घटाउने अवसर गुमाएको छ। खेलको २४औँ मिनेटमा रियलका डिफेन्डर एदर मिलिताओ ह्यामस्ट्रिङ चोटका कारण मैदानबाट बाहिरिए। त्यसले टोलीको रक्षापक्ति थप कमजोर […]
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- उमेर समूहका उत्कृष्ट खेलाडी उत्पादन गर्ने उद्देश्यले अन्नपूर्ण आरसीटीले आयोजना गरेको ३० साताको फुटबल स्तर अभिवृद्धि प्रशिक्षण कार्यक्रम आइतबार सम्पन्न भएको छ । असार १४ गते सुरु भएको यस ग्रासरुटको कार्यक्रममा ७१ खेलाडीको सहभागिता थियो । त्यसमध्ये २२ किशोरी रहेका थिए । लैनचोर युवा क्लबको सहयोगमा चैनचोर फुटबल मैदानमा आयोजित प्रशिक्षण कार्यक्रम […]
December 7, 2025
एजेन्सी – प्रिमियर लिगमा शनिवार लिड्स युनाइटेडले निकै रोमाञ्चक खेलमा लिभरपुललाई ३-३ को बराबरी रोकेको छ। इन्जुरी समयको छैंटौं मिनेटमा जापानी खेलाडी एओ तानाकाले गोल गरेपछि लिड्सले एक अंक जोगाउन सफल भयो। खेलको ४८ र ५० औं मिनेटमा लिभरपुलका ह्युगो एकिटिकेले दुई गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए। तर लिड्सले खेलमा फर्कने प्रयास जारी […]