3 years ago
November 18, 2022
एजेन्सी – सेनेगलका कप्तान तथा महत्वपूर्ण फरवार्ड साडियो माने फिफा विश्वकप कतार २०२२ बाट बाहिरिने पक्का भएकाे छ । यससँगै सेनेगलले मानेविनै विश्वकप खेल्नुपर्ने भएपछि ठूलो झड्का लागेको छ ।

दुई साताअघि जर्मन बुन्ड्सलिगा दौरान वेर्डर ब्रेमेनविरुद्धको खेलमा चोट बोकेका कप्तान मानेलाई सेनेगल फुटबल फेडेरेसनले चोटका बावजुत टोलीमा समावेश गरेको थियो । । तर बिहीबार उनको खुट्टाको शल्यक्रिया भएपछि उनले विश्वकपका सबै खेल गुमाउने पक्का भएको हो ।
सेनेगलले मंगलबार ३० वर्षीय मानेले पहिलो खेल गुमाउने बताएको थियो । तर, बिहीबार एमआरआई स्क्यान पछिको रिपोर्टमा उनको शल्यक्रिया नै गर्नुपरेपछि उनी विश्वकपबाट बाहिरिएका हुन् । मानेको दायाँ खुट्टाको सफल शल्यक्रिया भएको छ । शल्यक्रियासँगै अब माने फिजियोमा व्यस्त रहनेछ ।
दुई पटकको अफ्रिकन फुटबलर अफ द इयर माने सेनेगलका आइकन हुन् । जसले सेनेगललाई अफ्रिका कप अफ नेसन्सको च्याम्पियनसँगै विश्वकपमा पु¥याएका थिए । दुवै खेलमा सेनेगलले इजिप्टलाई टाइब्रेकरमा पराजित गर्दा मानले विजयी पेनाल्टी गोल गरेका थिए ।
सेनेगलले सोमबार नेदरल्यान्ड्सविरुद्ध खेल्दै विश्वकप यात्रा सुरु गर्दैछ । समूह ‘ए’ मा रहेको सेनेगलले आयोजक कतारसँग २५ नोभेम्बरमा तथा इक्वेडरसँग २९ नोभेम्बरमा खेल्नेछ ।
December 19, 2025
एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]