3 years ago
November 18, 2022
एजेन्सी – फिफा विश्वकप कतार २०२२ शुरु नहुँदै उपाधि दावेदार टोलीको रुपमा हेरिएको अर्जेन्टिनाका दुई खेलाडी चोटका कारण विश्वकपबाट बाहिरिएका छन् ।

फरवार्डद्वय जोआक्विन कोरेआ र निकोलस गोन्जालेजले चोटका कारण विश्वकप गुमाउने भएका हुन् । उनीहरुको स्थानमा अर्जेन्टिना फुटबल फेडेरेसन (एएफए) ले एन्जल कोरेआ र थियागो अल्माडालाई टोलीमा समावेश गरेको छ ।
बिहीबार फरवार्ड निकोलस गोन्जालेज र जोकिन कोरेया चोटका कारण विश्वकपबाट बाहिरिएपछि अर्जेन्टिनाले एन्जल कोरिया र थियागो अल्माडालाई प्रतिस्थापनका रूपमा बोलाएको छ । बिहीबारको प्रशिक्षण सत्रमा गोन्जालेजलाई मांसपेशीमा चोट लागेको थियो । जोआक्विन कोरेआलाई पनि चोट लागेको बताइएको छ ।
२७ वर्षीय एन्जल कोरेआले यो सिजन एट्लेटिको मड्रिडका लागि २१ खेलमा चार गोल गरिसकेका छन् । उनी अर्जेन्टिनाको २०२१ कोपा अमेरिका विजेता टोलीका सदस्य थिए ।
२१ वर्षीय अल्माडाले एट्लान्टा युनाइटेडसँग मेजर लिग सकरमा २९ खेलमा ६ गोल र १२ असिस्ट दिएका छन् । उनले होन्डुरसविरुद्धको मैत्रीपूर्ण खेलमा अर्जेन्टिनाका लागि डेब्यु गरेका थिए ।
गोलरक्षक : एमिलियानो मार्टिनेज, जेरोनिमो रुल्ली र फ्रान्को अर्मानी ।
डिफेन्डर : नाहेल मोलिना, गोन्जालो मोन्टिएल, क्रिस्टियन रोमेरो, जर्मन पेजेला, निकोलस ओटामेन्डी, लिसान्द्रो मार्टिनेज, मार्कस अकुना, निकोलस टाग्लीयाफिको र जान फोयथ ।
मिडफिल्डर : रोड्रीगो डे पल, लिआन्द्रो पारेडेस, एलेक्सिस म्याकलिस्टर, गिडो रोड्रीग्वेज, आलेहान्द्रो गोमेज, एन्जो फर्नान्डेज, एजेक्वेल पालासिओस र थियागाे अल्माडा
फरवार्ड : लिओनेल मेस्सी, एन्जल डी मारिया, लौटारो मार्टिनेज, जुलियन अल्भारेज, एन्जल काेरेआ र पाउलो डिबाला ।
December 15, 2025
एजेन्सी – बुन्डेसलिगाको शीर्ष टोली बायर्न म्युनिखले तालिकाको पुछारमा रहेको माइन्जसँग आइतवार २-२ को बराबरी खेलेको छ। यद्यपि बायर्न र दोस्रो स्थानको आरबी लिपजिङबीच ९ अंकको अन्तर छ। २९औँ मिनेटमा युवा खेलाडी लेनार्ट कार्लले नजिकबाट गोल गर्दै बायर्नलाई अग्रता दिलाए। तर पहिलो हाफ समाप्त हुनुअघि विलियम बोभिङको फ्रिकिकमा कास्पर पोटुल्स्कीले हेडमार्फत गोल गर्दै पाहुना टोली […]
December 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीसँगै नेपालको लिग च्याम्पियन एपिएफ दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपको फाइनल पुगेको छ। इस्ट बंगालले आज बंगलादेशको नासिर स्पोर्टस एकेडेमीलाई ७-० ले गराएसँगै एपिएफको फाइनलमा यात्रा पक्का भएको हो। इस्ट बंगाल र एपिएफले फाइनलमा एकअर्काको सामना गर्नेछन् ।त्यसअघि बुधवार लिग चरणको अन्तिम खेल पनि यी दुई टोलीबीच […]
December 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपको फाइनल नजिक पुगेको छ। पाकिस्तानको कराँची सिटी एफसीलाई १-० ले हराउँदै एपिएफ फाइनल नजिक पुगेको हो। दोस्रो जितसँगै ७ अंकका साथ एपिएफ शीर्ष स्थानमा उक्लिएको छ। पहिलो खेल नासिर स्पोर्टस एकेडेमीलाई ४-० ले हराएको एपिएफ दोस्रो खेलमा भुटानको ट्रान्सपोर्ट युनाइटेडसँग गोलरहित बराबरीमा रोकिएको थियो। […]