default_image

2 years ago

November 19, 2022

साविक विजेता फ्रान्सलाई समूहमै रोक्ने अष्ट्रेलिया र डेनमार्कको प्रयास

129 views

0 Bookmark

सुबास हुमागाईं, कतार

फिफा विश्वकप कतार २०२२ आइतबारदेखि सुरु हुँदैछ । साविक विजेता फ्रान्स विगतमा उपाधि रक्षा गर्ने टोलीले भोगेको खराब नतिजालाई परिवर्तन गर्ने लक्ष्यसहित समूह डी मा प्रतिस्पर्धा गर्नेछ ।

त्यसो त विश्वकपको लागि अन्तिम टोली घोषणा गर्नुअघि नै फ्रान्सले महत्त्वपूर्ण खेलाडीको साथ गुमाइसकेको थियो । चोटका कारण टोलीमा मिडफिल्डरद्वय पल पोग्बा र एनगोलो कान्टे, गोलरक्षक माइक माइग्नान लगायत खेलाडी गुमाएको थियो । विश्वकपका लागि टोली जम्मा भइसकेपछि प्रशिक्षणकै क्रममा टोलीले आक्रमणमा प्रभावशाली खेलाडी क्रिस्टोफर एनकुन्कुको साथ पनि गुमायो ।

कागजमा हेर्दा फ्रान्सको टोलीको स्तर निकै राम्रो रहेको छ । विपक्षीका रुपमा डेनमार्क, अष्ट्रेलिया र ट्युनिसिया यस समूहमा रहेका छन् । युरोमा प्रभावशाली प्रदर्शन गरेको डेनमार्कको मिडफिल्ड र डिफेन्स उत्कृष्ट छ । आक्रमणमा भने टोलीले थप कसरत गर्नुपर्ने देखिन्छ ।

यता अष्ट्रेलियाले एसियाली छनोटबाट अन्तर महादेशीय प्लेअफ हुँदै विश्वकपमा स्थान बनाएको थियो । औसत अष्ट्रेलियाले विश्वकपमा भने सधैं विपक्षीलाई कठिन समय दिने गरेको इतिहास छ । ग्राहम आर्नोल्ड युवा खेलाडीलाई अग्रपंक्तिमा उतार्दै फ्रान्स र डेनमार्कलाई स्तब्ध पार्न चाहन्छन् । ट्युनिसिया पनि युरोपमा अनुभव बोकेका केहि खेलाडीसहित कम्तिमा अंक जोड्ने प्रयासमा हुनेछ ।

समूहको खेलहरु :

मंसिर ६ फ्रान्सविरुद्ध अष्ट्रेलिया (राति १२:४५ बजे)-(मंसिर ७ विहान)

मंसिर ६ डेनमार्कविरुद्ध ट्युनिसिया (राति ६:४५ बजे)

मंसिर १० ट्युनिसियाविरुद्ध अष्ट्रेलिया (दिउँसो ३:४५ बजे)

मंसिर १० फ्रान्सविरुद्ध डेनमार्क (राति ९:४५ बजे)

मंसिर १४ अष्ट्रेलियाविरुद्ध डेनमार्क (राति ८:४५ बजे)

मंसिर १४ ट्युनिसियाविरुद्ध फ्रान्स (राति ८:४५ बजे)

अन्तिम टोली:

फ्रान्स :

गोलरक्षक : ह्युगो लोरिस, अल्फोन्स आरिओला, स्टिभ मान्डान्डा

डिफेन्डर : लुकास हर्नान्डेज, थिओ हर्नान्डेज, एक्सेल दिसासी, इब्राहिमा कोनाटे, जुल्स कुन्डे, बेन्जामिन पाभार्ड, विलियम सालिबा, दायोट उपमेकानो, राफाएल भारान

मिडफिल्डर : एडुआर्डो कामाभिन्गा, युसुफ फोफाना, माटियो गुएन्डोजी, एड्रिएन राबीओट, ओरेलिएन चुआमेनी, जोर्डन भेरेटु

फरवार्ड : करीम बेन्जेमा, किंग्सले कोमान, ओस्मान डेम्बेले, ओलिभिएर जिरुड, एन्टोइन ग्रिज्मन, किलीयन एमबाप्पे, कोलो मुआनी (घाइते क्रिस्टोफर एनकुन्कुको स्थानमा), मार्कस थुराम

अष्ट्रेलिया :

गोलकिपर: म्याट रायन, एन्ड्रयु रेडमायन, ड्यानी भुकोभिच

डिफेण्डर: अजिज बेहिच, नथानिएल एट्किन्सन, फ्रान कराचिच, काए रोवल्स, ह्यारी सटर, बेली राइट, मिलोस डेगेनेक, थोमस डेङ्ग, जोएल किंग

मिडफिल्डर: आरोन मोय, ज्याकसन अर्भाइन, एजडिन हर्स्तिच, राइली मक्ग्री, किनु बाकस, क्यामरन डेभ्लिन

फरवार्ड: म्याथ्यु लेकी, अवेर माविल, जेमी मक्लारेन, मिचेल ड्युक, मार्टिन बोयल, क्रेग गुडविन, जेसन कमिंगग्स, गारांग कोल

डेनमार्क :

गोलरक्षक : कास्पर स्माइकल, ओलिभर क्रिस्टेन्सन, फ्रेडेरिक रोनो

डिफेन्डर : सिमोन केयर, जोचिम एन्डरसन, जोआकिम माहल, आन्द्रेस क्रिस्टेन्सन, रास्मस क्रिस्टेन्सन, जेन्स स्ट्राइगर लार्सन, भिक्टर नेल्सन, ड्यानीएल वास, एलेक्जेन्डर बाह

मिडफिल्डर : थोमस डिलेनी, माथिअस जेन्सन, क्रिस्टियन एरिक्सन, क्रिस्टियन नोर्गार्ड, रोबर्ट स्कोभ, पिएर एमिल होएबिएर

फरवार्ड : आन्द्रेस स्कोभ ओल्सन, जेस्पर लिन्डस्टम, आन्द्रिएस कोर्नेलिएस, मार्टिन ब्रेथवेट, कास्पर डोलबर्ग, मिकेल डाम्सगार्ड, जोनास विन्ड, युसुफ पल्सेन

ट्युनिसिया :

गोलरक्षक : एमेन दाहमेन, मौएज हासेन, एमेन बाल्बुली, बेसिर बेन साद

डिफेन्डर : मोहमद ड्रागर, वाज्दी केच्रिदा, बिलेल इफा, मोन्टासार ताल्बी, डिलान ब्रोन, यासिन मेरिआ, नादेर घान्द्री, अल मालुल, अलि अब्दी

मिडफिल्डर : एलेय्स स्खिरी, आइस लाइदुनी, फेर्जानी सासी, घाएलेन चालेली, मोहमद अलि, बेन रोम्धाने, हानिबल मेज्ब्री

फरवार्ड : सिफेदीन जाजिरी, नाइम सिल्ती, ताहा यासिन खेनिसी, अनिस बेन स्लिमाने, इसाम जेबाली, वाह्बी खाज्री, युसुफ साक्नी

July 26, 2024

अन्जनको ह्याट्रिकमा चर्च ब्वाइज विजयी

काठमाडौं (हाम्रो खेलकुद) – एएफसी च्यालेन्ज लिग प्लेअफको तयारी गरिरहेको अपि पावर चर्च ब्वाइज युनाइटेडले मैत्रीपूर्ण खेलमा त्रिभुवन आर्मी फुटबल क्लबलाई पराजित गरेको छ । अर्को साताबाट भारतमा सुरु हुने डुरान्ड कपको तयारी गरिरहेको आर्मीको भद्रकाली स्थित मुख्यालयको फुटबल मैदानमा खेलिएको खेलमा पाहुना टोली ३-२ ले विजयी रह्यो । चर्च ब्वाइजका लागि फरवार्ड अन्जनले दुई […]

July 26, 2024

चितवन जिल्ला लिगमा  सौराहा र पानसको जित

सुशिल पन्त क्षेत्री,चितवन सेन्ट्रल कलेज चितवन जिल्ला ए डिभिजन लिग फुटबलमा शुक्रबार सौराहा युवा समाज र पानस युवा क्लब विजयी भएका छन् । शारदानगरको मैदानमा पहिलो खेलमा सौराहाले गीतानगर ब्वाइजलाई ३-१ ले हरायो । खेलमा सौराहालाई जिताउन सुशील घलानले ३५ औं र ५२ औं मिनेटमा गोल गरे । यस्तै लक्की गायकले २७ औं मिनेटमा गोल […]

July 26, 2024

सातदोबाटो र पुलिसको जित

काठमाडौं (हाम्रो खेलकुद) – ललित स्मृति यु-१८ लिग अन्तर्गत शुक्रवार भएका खेलमा सातदोबाटो युथ क्लब र नेपाल पुलिस क्लब विजयी भएका छन् । एन्फा कम्प्लेक्स सातदोबाटमा भएको दिनको पहिलो खेलमा सातदोबाटोले मनाङ मर्स्याङ्दी क्लब माथि २-० को जित दर्ता गरेको हो । सातदोबाटोका लागि सोनाम छिरिङ गुरुङ र प्रज्वल कार्कीले समान १-१ गोल गरे । […]

Success

Thank you for your time.