default_image

3 years ago

November 18, 2022

स्पेनको टोलीमा बार्सिलोनाका बाल्डे थपिए

273 views

0 Bookmark

कतार (हाम्रो खेलकुद) – फिफा विश्वकप कतार २०२२ अन्तर्गत स्पेनले बार्सिलोनाका युवा लेफ्ट ब्याक आलेहान्द्रो बाल्डेलाई टोलीमा समावेश गरेको छ ।

प्रशिक्षक लुइस एनरिकेले भ्यालेन्सियाबाट खेल्दै आएका जोसे गया घाइते भएपछि उनको स्थानमा बाल्डेलाई समेटेका हुन् । एनरिकेले गाया चोटबाट ठिक भएर फिटनेस प्राप्त गर्न समय लाग्ने देखेपछि उनको स्थानमा १९ वर्षीय बाल्डेलाई बोलाएका हुन् । बार्सिलोनाबाट स्पेनको टोलीमा पर्ने उनी चौथो यू-२१ खेलाडी हुन् ।

एनरिकेले यसअघि १९ वर्षीय गाभी, १९ वर्षीय पेड्री र २० वर्षीय अन्सु फातीलाई पनि समेटेका छन् । बार्सिलोनाका ८ खेलाडी स्पेनको टोलीमा रहेका छन् । ४ युवा खेलाडीसँगै एरिक गार्सिया, जोर्डी अल्बा, कप्तान सर्जियो बुस्केट्स र फेरान टोरेस स्पेनी टोलीमा छन् ।

बाल्डेले अब स्पेनमा सुरुवाती रोजाइका लागि नै प्रतिस्पर्धा गर्नेछन् । क्लब फुटबलमा बार्सिलोनाका लागि अल्बाभन्दा अघि रोजाइमा रहेका उनी राष्ट्रिय टोलीमा अनि लय कायम राख्ने प्रयासमा हुनेछन् ।

स्पेनको टोली :

गोलरक्षक : उनाइ सिमोन, रोबर्ट सान्चेज, डेविड राया

डिफेन्डर : सेजार एज्पिलीक्वेटा, ड्यानी कार्भाजल, एरिक गार्सिया, ह्युगो गुइलामोन, पाउ टोरेस, एमेरिक लापोर्ट, जोर्डी अल्बा, आल्हान्द्रो बाल्डे (घाइते जोसे गयाको स्थानमा)

मिडफिल्डर : सर्जियो बुस्केट्स, रोड्री, गाभी, कार्लोस सोलेर, मार्कस लोरेन्टे, पेड्री, कोके

फरवार्ड : फेरान टोरेस, निको विलियम्स, येरेमी पिनो, अल्भारो मोराटा, मार्को एसेन्सियो, पाब्लो सराबिया, ड्यानी ओल्मो, अन्सु फाती

December 15, 2025

बायर्न म्युनिख पुछारको टोलीसँग रोकियो

एजेन्सी – बुन्डेसलिगाको शीर्ष टोली बायर्न म्युनिखले तालिकाको पुछारमा रहेको माइन्जसँग आइतवार २-२ को बराबरी खेलेको छ। यद्यपि बायर्न र दोस्रो स्थानको आरबी लिपजिङबीच ९ अंकको अन्तर छ। २९औँ मिनेटमा युवा खेलाडी लेनार्ट कार्लले नजिकबाट गोल गर्दै बायर्नलाई अग्रता दिलाए। तर पहिलो हाफ समाप्त हुनुअघि विलियम बोभिङको फ्रिकिकमा कास्पर पोटुल्स्कीले हेडमार्फत गोल गर्दै पाहुना टोली […]

December 14, 2025

इस्ट बंगाल र एपिएफ साफ क्लब च्याम्पियनसिपको फाइनलमा

काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीसँगै नेपालको लिग च्याम्पियन एपिएफ दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपको फाइनल पुगेको छ। इस्ट बंगालले आज बंगलादेशको नासिर स्पोर्टस एकेडेमीलाई ७-० ले गराएसँगै एपिएफको फाइनलमा यात्रा पक्का भएको हो। इस्ट बंगाल र एपिएफले फाइनलमा एकअर्काको सामना गर्नेछन् ।त्यसअघि बुधवार लिग चरणको अन्तिम खेल पनि यी दुई टोलीबीच […]

December 14, 2025

एपिएफ साफ क्लब च्याम्पियनसिपको फाइनल नजिक

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपको फाइनल नजिक पुगेको छ। पाकिस्तानको‌ कराँची सिटी एफसीलाई १-० ले हराउँदै एपिएफ फाइनल नजिक पुगेको हो। दोस्रो जितसँगै ७ अंकका साथ एपिएफ शीर्ष स्थानमा उक्लिएको छ। पहिलो खेल नासिर स्पोर्टस एकेडेमीलाई ४-० ले हराएको एपिएफ दोस्रो खेलमा भुटानको ट्रान्सपोर्ट युनाइटेडसँग गोलरहित बराबरीमा रोकिएको थियो। […]

Success

Thank you for your time.