default_image

3 years ago

November 19, 2022

विश्वकपअघि सर्वियाको सानदार जित

226 views

0 Bookmark

एजेन्सी – फिफा विश्वकप कतार २०२२ अघिको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा सर्वियाले सानदार जित दर्ता गरेको छ । सर्वियाले घरेलु टोली बहराइनमाथि ५–१ को फराकिलो जित निकालेको हो ।

सर्वियाको जितमा डुसान टाडिचले दुई तथा डुसान भ्लाहोभिच, फिलिप जुरुसिस र लुका जोभिचले समान एक गोल गरे । बहराइनका अब्दुल्लाह युसुफ हेलालले एक गोल फर्काए ।

शेख अलि विन मोहम्मेद अल खालिफा रंगशालामा शुक्रबार राति भएको खेलको आठौं मिनेटमा डुसान टाडिचको गोलबाट सर्वियाले अग्रता लिएको थियो । १५औं मिनेटमा हेलालले पेनाल्टीमा गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए ।

५०औं मिनेटमा डुसान टाडिचले डुसान भ्लाहोभिचको पासमा व्यक्तिगत र टोलीको लागि दोस्रो गोल गरेपछि सर्विया खेलमा २–१ ले अघि बढ्यो । त्यसको एक मिनेटपछि डुसान भ्लाहोभिचले गोल गर्दै सर्वियालाई ३–१ ले अघि बढाए ।

८७औं मिनेटमा फिलिप जुरुसिसले मार्काे ग्रुजिसको पासमा गोल गर्दै सर्वियालाई फराकिलो जिततर्फ अग्रसर गराए । ९०औं मिनेटमा लुका जोभिचले डुसान भ्लाहोभिचको पासमा गोल गर्दै सर्वियालाई ५–१ को सानदार जित दिलाए ।

यस जितसँगै सर्वियाले विश्वकपको लागि तयार रहेको संकेत दिएको छ । समूह ‘जी’ मा रहेको सर्वियाले २४ नोभेम्वरमा ब्राजिल, २८ नोभेम्वरमा क्यामरुन र २ डिसेम्वरमा स्वीट्जरल्यान्डसँग खेल्नेछ ।

December 8, 2025

सेल्टासँग रियल म्याड्रिड स्तब्ध

एजेन्सी – रियल म्याड्रिड ला लिगामा‌ आइतवार पराजित भएको छ। घरेलु मैदान सान्टियागो बेर्नाबेउमा भएको खेलमा ९ खेलाडीमा सिमित हुँदै रियल सेल्टा भिगोसँग २-० ले स्तब्ध भएको छ। रियलले शीर्ष स्थानको बार्सिलोनासँगको अंक दूरी घटाउने अवसर गुमाएको छ। खेलको २४औँ मिनेटमा रियलका डिफेन्डर एदर मिलिताओ ह्यामस्ट्रिङ चोटका कारण मैदानबाट बाहिरिए। त्यसले टोलीको रक्षापक्ति थप कमजोर […]

December 7, 2025

आरसिटी अन्नपूर्णको फुटबल प्रशिक्षण कार्यक्रम सम्पन्न

काठमाडौं (हाम्रो खेलकुद)- उमेर समूहका उत्कृष्ट खेलाडी उत्पादन गर्ने उद्देश्यले अन्नपूर्ण आरसीटीले आयोजना गरेको ३० साताको फुटबल स्तर अभिवृद्धि प्रशिक्षण कार्यक्रम आइतबार सम्पन्न भएको छ । असार १४ गते सुरु भएको यस ग्रासरुटको कार्यक्रममा ७१ खेलाडीको सहभागिता थियो । त्यसमध्ये २२ किशोरी रहेका थिए । लैनचोर युवा क्लबको सहयोगमा चैनचोर फुटबल मैदानमा आयोजित प्रशिक्षण कार्यक्रम […]

December 7, 2025

लिभरपुललाई लिड्सले रोक्यो

एजेन्सी – प्रिमियर लिगमा शनिवार लिड्स युनाइटेडले निकै रोमाञ्चक खेलमा लिभरपुललाई ३-३ को बराबरी रोकेको छ। इन्जुरी समयको छैंटौं मिनेटमा जापानी खेलाडी एओ तानाकाले गोल गरेपछि लिड्सले एक अंक जोगाउन सफल भयो। खेलको ४८ र ५० औं मिनेटमा लिभरपुलका ह्युगो एकिटिकेले दुई गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए। तर लिड्सले खेलमा फर्कने प्रयास जारी […]

Success

Thank you for your time.