9 years ago
December 26, 2016
दिपेश तिमलसिना
सिलिगुडी – (हाम्रो खेलकुद) – चौथो महिला फुटबल साफ च्याम्पियन्शिपमा नेपालले पहिलो खेलमा भुटानको सामना गर्दै छ । खेलको प्रत्यक्ष अपडेट यहाँ पाउन सक्नु हुनेछ । कृपया अपडेट पाउन पेज रिफ्रेस गर्नुहोला ।
नेपाल ८ -० भुटान
खेल सकिएको छ । नेपालले पहिलो खेलमा दमदार सुरुवात गर्दै भुटान बिरुद्ध ८-० को जित हासिल गरेको छ ।
९०’ कृष्ण खत्रीले दिपाको क्रसमा हेडर मार्फत गोल गरिन । दुइ मिनेट अतिरिक्त समय थपिएको छ ।
८०’ नेपाल लाई डि बक्स भित्र बाट इन्डाइरेक्ट फृ किक । त्यस्तै ६ गोल गर्ने साबित्राको स्थानमा कृष्ण खत्री प्रवेश ।
७७’ साबित्राको अर्को गोल तर लाईन्सम्यानले अफसाइडको इसारा दिए ।
७६’ गोल साबित्राको डबल ह्याट्रीक ।
६८’ साबित्राको अर्को गोल । नेपाललाई ६-० को अग्रता ।
६४’ नेपालको लागी खेलाडी परिवर्तन अनिता बस्नेतको स्थानमा दिपा अधिकारि मैदन प्रवेश
६०’ दोस्रो हाल्फमा कुनै गोल हुन सकेको छैन तर नेपालको आक्रमण जारी छ । नेपाल ५-० ले अग्रतमा छ ।
५५’ मनमाया लिम्बु घाइते भेपछी नेपाली फिजियोले उपचार गर्दै ।
५४’ नेपालकोलागी खेलाडी परिवर्तन । सर्मिला थापाको स्थानमा सरु लिम्बु प्रवेश ।
५३’ साबित्राले ३ डिफेन्डरलाई छलाउदै गरेको प्रहार किपरको हातमा ।
४९’ अनिताले बक्सको कुनाबाट गरेको प्रहार क्रसबार भन्दा केहि माथी ।
४७’ नेपालको आक्रमण जारी , साबित्राको सर्मिलालाई लक्ष्य गरेर दिएको क्रस भुटानको किपरले हावाबाट समाते ।
४६’ दोस्रो हाल्फ सुरु ।
पहिलो हाल्फको अन्त्य ।
४५’ नेपाल खेलमा पुरै हावी छ । २ मिनेट थप गरिएको छ ।
३५’ साबित्राको अर्को गोल ।
२८’ दिपाको प्रहार पोस्टबाट बाहिर गएको छ ।
२५’ सर्मिलको लागी अर्को गोल । उनले साबित्राको राम्रो मुभ पछी खाली पोस्टमा गोल गर्ने अवसर पाइन ।
२२’ नेपालको लागी तेसो गोल । कप्तान रेनुकको क्रसमा साबित्राले २० यार्ड बक्सबाट गरेको प्रहार गोलमा परिणत भएको छ । साबित्राले गोल गर्दै आफ्नो ह्याट्रीक पुरा गरेकी छिन ।
१९’ नेपालले भुटानमाथी निरन्तर दबाब सिर्जना गर्दै छ । हाल नेपालले कर्नर पाएको छ । साबित्राको गोलमा प्रहार भुटाली किपर निमा लाढेनले उत्कृस्ट बचाउ गर्दै गोल हुन दिएकी छैनन ।
हामीलाई ट्विटरमा @hamrokhelkud ट्विट गर्न्सक्नुहुनेछ । हामीले यहाँ पढ्नेछौ ।
१५’ भुटानमाथी नेपाल हावी । हालको स्कोर नेपाल २-० भुटान ।
९ ‘ नेपालको लागी दोस्रो गोल । गोल गर्ने खेलाडी साबित्रा भण्डारी ।
५’ गोल – नेपालले अग्रता लिएको छ । गोल गर्ने खेलाडी साबित्रा भण्डारी
१’ खेल सुरु भएको छ ।
नेपालको राष्ट्रिय गित बज्दै । खेल केहि बेरमा सुरु हुनेछ ।
नेपालका लागी भुटान बिरुद्ध खेली रहेको लेफ्ट ब्याक हिरा कुमारी भुजेलको आज जन्मदिन पनि हो ।
नेपाली चेली हरु वर्म अप गर्दै छन । सुरुवाती ११ यस प्रकार छ: एन्जिला सुब्बा (गोल किपर): मनमाया लिम्बु, पुनम मगर , गिता राणा , हिरा कुमारी भुजेल : रेनुका (कप्तान), दिपा राइ : अनिता बस्नेत , सर्मिला थापा , मञ्जली कुमारी योन्जन : सबित्र भण्डारी ।

December 13, 2025
एजेन्सी – प्रिमियर लिगमा शनिवार चेल्सी र लिभरपुल विजयी भएको छ। चेल्सीले स्टामफोर्ड ब्रिजमा एभर्टनलाई २–० ले हराउँदै प्रिमियर लिगमा चार खेलपछि जित निकालेको हो।खेलको २१ औं मिनेटमा कोल पाल्मर र मालो गुस्टोले ४५ औं मिनेटमा गोल गर्दै चेल्सीलाई जित दिलाए। लामो समयको चोटपछि फर्किएका पाल्मरले सेप्टेम्बरयताकै पहिलो लिग गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। […]
December 12, 2025
एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्यो। खेलको सुरुवातबाटै […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]