default_image

3 years ago

November 19, 2022

उद्घाटन खेलमा कतारलाई इतिहास जोगाउने दबाब

215 views

0 Bookmark

कतार (हाम्रो खेलकुद) – फिफा विश्वकप २०२२ अन्तर्गत उद्घाटन खेलमा आयोजक कतारले आइतबार इक्वेडरको सामना गर्दैछ । खेल नेपाली समयअनुसार रातको ९:४५ बजे सुरु हुनेछ ।

समूह चरणको पहिलो खेल खेल्दा कतारमाथि राम्रो नतिजा निकाल्नुपर्ने दबाब छ । विश्वकपको २२ औं संस्करण आइपुग्दा हालसम्म कुनै आयोजक टोलीले पनि विश्वकपको पहिलो खेलमा हार बेहोरेको छैन । सन् १९७० मा मेक्सिको बाहेक हरेक टोलीले पहिलो खेलमा गोल गरेको इतिहास पनि छ । कतारसामु गोल गर्दै मेक्सिकोसँग उक्त सुचिबाट टाढा रहनुपर्ने दबाब हुनेछ ।

यस्तै विश्वकप आयोजकले समूह चरण पार गर्ने इतिहास पनि कतारलाई कायम राख्नुछ । सन् २०१० मा दक्षिण अफ्रिकाबाहेक सबै आयोजक राष्ट्रले नकआउट चरणमा प्रवेश गरेका छन् । कतार घरेलु समर्थकमाझ पहिलो सहभागितामै नकआउट चरण खेल्ने लक्ष्यसाथ अल बेत रंगशालामा उत्रनेछ ।

इक्वेडर र कतारबीच हालसम्म ३ खेल भएका छन् । दुई टोलीबीच समान १ जित, १ बराबरी र १ हारको नतिजा रहेको छ । सन् २०१८ मा भएको पछिल्लो खेलमा भने कतारले इक्वेडरले ४-३ ले हराएको थियो । तर इक्वेडरले पछिल्लो समय भने लय समातेको छ । टोलीले पछिल्लो १५ मध्य १ खेलमा हार बेहोरेको छ ।

December 19, 2025

नापोली फाइनलमा,‌एसी मिलान पराजित

एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

December 18, 2025

सिटी र न्युक्यासल लिग कपको सेमिफाइनलमा

एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]

Success

Thank you for your time.