3 years ago
November 20, 2022
एजेन्सी – फ्रान्सका स्टार फरवार्ड करिम बेन्जेमा आज (आइतबार) देखि शुरु हुने फिफा विश्वकप कतार २०२२ बाट बाहिरिएका छन् ।

प्रशिक्षण दौरान तिघ्रामा चोट लागेपछि बेन्जेमा विश्वकप गुमाउने अर्का ठुला नाम हुन् । क्रिस्टोफर एनकुन्कु पनि बाहिरिएका छन् । उनको स्थानमा रान्डल कोलो मुआनीलाई टोलीमा समावेश गरिएको छ ।
चोटकै कारण मिडफिल्डर पउल पोग्बा र एङ्गोलो कान्टे पनि टोलीमा छैनन् । डिफेन्डर राफायल भरान पूनरागमनको प्रयासमा छन् । फ्रान्स फुटबल फेडेरेसन (एफएफएफ) ले उनलाई तिघ्रामा समस्या भएको र प्रतियोगितामा सहभागी हुन नसक्ने बताएको छ ।
‘सम्पूर्ण टोलीले करिमको दुःख साझा गर्दछ र उहाँको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछ ।’ विज्ञप्तिमा उल्लेख छ ।एमआरआई स्क्यानले तिघ्राको मांसपेशीमा चोट लागेको पुष्टि गरेको छ । यो पूर्ण रुपमा ठीक हुन कम्तीा तीन साता लाग्नेछ ।
फ्रान्सका लागि ९७ खेलमा ३७ गोल गरेका ३४ वर्षीय बेन्जेमाको चोट विश्वकपका लागि अर्को झट्का हो । बेन्जेमाको विकल्पमा एन्थोनी मार्सियाल रहने सम्भावना छ । चोटकै कारण बेन्जेमाले यो सिजन धेरै खेल खेलेका छैनन् ।
गत सातादेखि टोलीसँगै प्रशिक्षणमा रहेका बेन्जेमाले शनिबार प्रशिक्षणमा चोट बोकेका थिए । त्यसपछि बेन्जेमाले चिकित्सा परीक्षण गराएका थिए ।
‘म करिमको लागि धेरै दुखी छु जसले यो विश्वकप गुमाउनेछन् ।’ डेसच्याम्प्सले भने, यस नयाँ झट्काको बाबजुद पनि, मलाई मेरो समूहमा पूर्ण विश्वास छ । हामीले पर्खिरहेको ठूलो चुनौतीलाई सामना गर्न हामी सबै गर्नेछौं ।’
गत सिजन रियल म्याड्रिडलाई च्याम्पियन्स लिग र ला लिगा जिताएका बेन्जेमाले २०२२ को बालोन डी’ओर र वर्षको उत्कृष्ट खेलाडी बनेका थिए ।
समूह डी मा फ्रान्सले नोभेम्बर २२ मा अष्ट्रेलिया, २६ नोभेम्बरमा डेनमार्क र ३० नोभेम्बरमा ट्युनिसियासँग खेल्नेछ ।
December 13, 2025
एजेन्सी – प्रिमियर लिगमा शनिवार चेल्सी र लिभरपुल विजयी भएको छ। चेल्सीले स्टामफोर्ड ब्रिजमा एभर्टनलाई २–० ले हराउँदै प्रिमियर लिगमा चार खेलपछि जित निकालेको हो।खेलको २१ औं मिनेटमा कोल पाल्मर र मालो गुस्टोले ४५ औं मिनेटमा गोल गर्दै चेल्सीलाई जित दिलाए। लामो समयको चोटपछि फर्किएका पाल्मरले सेप्टेम्बरयताकै पहिलो लिग गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। […]
December 12, 2025
एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्यो। खेलको सुरुवातबाटै […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]