3 years ago
November 20, 2022
कतार (हाम्रो खेलकुद) – फिफा विश्वकप कतार २०२२ आज भव्य उद्घाटन समारोहमाझ सुरु हुँदैछ । उद्घाटन खेलमा कतार र इक्वेडर भिड्नुअघि ३० मिनेट चल्ने उद्घाटन समारोहमा विभिन्न ७ प्रस्तुति देखाइनेछ ।

कतारको अलखोरस्थित अल बेयत रंगशालामा हुने समारोहमा विश्व प्रसिद्ध दक्षिण कोरियाली ब्यान्ड बिटीएसका जुङ कुक र कतारी गायक फाहाद अल-कुबाइसीले प्रस्तुति दिनेछन् । उद्घाटन समारोहमा एकताको संदेश दिने प्रस्तुति रहने जनाइएको छ ।
प्रस्तुतिमा विश्वकपमा सहभागी ३२ राष्ट्रको संस्कृति, विगतका आयोजक राष्ट्र र प्रतियोगिताका स्वयंसेवकको प्रतिनिधित्व हुने बताइएको छ । सयौंको संख्यामा कलाकारले प्रस्तुति दिनेछन् । समारोहमा कुल ७ प्रस्तुति हुनेछ ।
उद्घाटन समारोह नेपाली समयअनुसार रातको ८:२५ बाट सुरु हुनेछ । समारोहपछि दुवै टोलीको वार्मअप र नेपाली समयअनुसार रातको ९:४५ बजे खेल सुरु हुनेछ ।
December 13, 2025
एजेन्सी – प्रिमियर लिगमा शनिवार चेल्सी र लिभरपुल विजयी भएको छ। चेल्सीले स्टामफोर्ड ब्रिजमा एभर्टनलाई २–० ले हराउँदै प्रिमियर लिगमा चार खेलपछि जित निकालेको हो।खेलको २१ औं मिनेटमा कोल पाल्मर र मालो गुस्टोले ४५ औं मिनेटमा गोल गर्दै चेल्सीलाई जित दिलाए। लामो समयको चोटपछि फर्किएका पाल्मरले सेप्टेम्बरयताकै पहिलो लिग गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। […]
December 12, 2025
एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्यो। खेलको सुरुवातबाटै […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]