default_image

3 years ago

November 20, 2022

फिफा विश्वकप कतारको उद्घाटन

369 views

0 Bookmark

सुबास हुमागाईं, कतार

फिफा विश्वकप कतार २०२२ को उद्घाटन समारोह अल खोरस्थित अल बेत रंगशालामा सम्पन्न भएको छ । झन्डै ४० मिनेट चलेको समारोहमा विभिन्न ७ प्रस्तुति रहेको थियो ।

समारोहमा विश्व प्रसिद्ध दक्षिण कोरियाली ब्यान्ड बिटीएसका जुङ कुक र कतारी गायक फाहाद अल-कुबाइसीले प्रस्तुति दिएका थिए । कुकले आजै सार्वजनिक भएको ड्रिम्स गीत गाएका थिए ।

प्रस्तुतिमा विश्वकपमा सहभागी ३२ राष्ट्रको संस्कृति, विगतका आयोजक राष्ट्र र प्रतियोगिताका स्वयंसेवकको प्रतिनिधित्व सहितको प्रस्तुति देखाइएको थियो । प्रसिद्ध कलाकार मोर्गन फ्रिम्यान तथा स्थानीय कलाकार घनीम अल मुफ्ता र दानाले पनि एकताबारे प्रस्तुति दिए ।

हालसम्म विश्वकपमा समावेश सबै मस्कट पनि समारोहमा देखाइएको थियो । अन्त्यमा कतार विश्वकपको मस्कट ल’इब डिजिटल र फिजिकल माध्यमको सम्मिश्रणमा सानदार ढंगले सार्वजनिक गरिएको थियो ।

समारोहको अन्त्यमा कतारका एमिर शेख तमिम बिन हमाद अल थानीले मन्तव्य दिँदै उद्घाटन घोषणा गरेका थिए ।

December 13, 2025

चेल्सी र लिभरपुलको जित

एजेन्सी – प्रिमियर लिगमा शनिवार चेल्सी र लिभरपुल विजयी भएको छ। चेल्सीले स्टामफोर्ड ब्रिजमा एभर्टनलाई २–० ले हराउँदै प्रिमियर लिगमा चार खेलपछि जित निकालेको हो।खेलको २१ औं मिनेटमा कोल पाल्मर र मालो गुस्टोले ४५ औं मिनेटमा गोल गर्दै चेल्सीलाई जित दिलाए। लामो समयको चोटपछि फर्किएका पाल्मरले सेप्टेम्बरयताकै पहिलो लिग गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। […]

December 12, 2025

युरोपा लिग – ६ टोलीको नकआउट चरण पक्का

एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्‍यो। खेलको सुरुवातबाटै […]

December 11, 2025

इस्ट बंगालको दोस्रो जित, एपिएफ रोकियो

काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]

Success

Thank you for your time.