3 years ago
November 20, 2022
सुबास हुमागाईं, कतार
फिफा विश्वकप कतार २०२२ अन्तर्गत उद्घाटन खेलमा इक्वेडर विजयी भएको छ । अल बेयत रंगशालामा आयोजक कतार २-० ले पराजित हुन पुग्यो ।

कतार यस नतिजासँगै विश्वकपको उद्घाटन खेलमा हार बेहोर्ने पहिलो आयोजक टोली पनि बन्यो । २२ संस्करण आइपुग्दा विश्वकपमा आयोजक टोलीले पहिलो खेल हारेका थिएनन् । त्यस्तै कतार सन् १९७० मा मेक्सिको पछि उद्घाटन खेलमा गोल गर्न नसक्ने टोली बन्यो ।
खेलको तेस्रो मिनेटमै इक्वेडरको गोल भिडियो एसिसेन्ट रेफ्री (भार) ले मान्यता दिएन । एनर भ्यालेन्सियाले क्लोज रेन्जबाट हेडरमार्फत गोल गरेपनि गोल अफसाइड रहेको थियो । तर भ्यालेन्सियाले १७ अौं मिनेटमा भने अग्रता दिलाए । गोलरक्षक साद अलसिबले पेनाल्टी क्षेत्रभित्र लडाएपछि प्राप्त पेनाल्टीमा उनले गोल गरे ।
खेलको ३१ अौं मिनेटमा भ्यालेन्सियाले अग्रता दोब्बर पारे । एन्जेलो प्रेसियाडोको क्रसमा उनले गरेको प्रहार गोलरक्षक अलसिबले बचाउन सकेनन् ।
इन्ज्युरी समयमा कतारले खेलमा फर्कने सुवर्ण अवसर गुमायो । कप्तान अल हेडोसको क्रसमा अल्मोएज अलीले फ्रि हेडरलाई पोस्टको दिशा दिन सकेनन् ।
दोस्रो हाफमा कतारले सुधारिएको प्रदर्शन गरेपनि गोलको अवसर सिर्जना गर्न सकेन । बल पोसेसन राख्दै इक्वेडरलाई दबाबमा राख्ने प्रयास गरेपनि फेलिक्स सान्चेजको टिमले डिफेन्स चिर्न सकेन ।
७९ अौं मिनेटमा इक्वेडरले अग्रता बढाउने अवसर गुमायो । वैकल्पिक खेलाडी जेरेमी सारिमेन्तोले गरेको प्रहार आकाशिएको थियो ।
यस सँगै इक्वेडरले समूहमा ३ अंक जोडेको छ । अब समूह ए अन्तर्गत सोमबार सेनेगल र नेदरल्यान्ड्सबिच खुल हुनेछ । खेल नेपाली समय अनुसार रातको ९:४५ बजे ।
December 13, 2025
एजेन्सी – प्रिमियर लिगमा शनिवार चेल्सी र लिभरपुल विजयी भएको छ। चेल्सीले स्टामफोर्ड ब्रिजमा एभर्टनलाई २–० ले हराउँदै प्रिमियर लिगमा चार खेलपछि जित निकालेको हो।खेलको २१ औं मिनेटमा कोल पाल्मर र मालो गुस्टोले ४५ औं मिनेटमा गोल गर्दै चेल्सीलाई जित दिलाए। लामो समयको चोटपछि फर्किएका पाल्मरले सेप्टेम्बरयताकै पहिलो लिग गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। […]
December 12, 2025
एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्यो। खेलको सुरुवातबाटै […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]