3 years ago
November 21, 2022
कतार (हाम्रो खेलकुद) – आयोजक टोली कतारका प्रशिक्षक फेलिक्स सान्चेजले फिफा विश्वकप कतार २०२२ को उद्घाटन खेलमा पराजित भएपछि आफ्नो टोलीले राम्रो खेल्न नसकेको स्वीकारेका छन् ।

खेलपछि पत्रकार सम्मेलनमा बोल्दै सान्चेजले इक्वेडर जितको हकदार रहेको बताए । ‘सुरुवातमा आज हामीसँग कुनै वहाना छैन । इक्वेडरलाई बधाई दिन चाहन्छु, उनीहरु जितको हकदार थिए । हामीले अझै सुधार गर्नुपर्नेछ । हामीले राम्रो फुटबल खेल्न सकेनौं । जिम्मेवारीका कारण हो वा यो अवसरमा खेल्दा, सुरुवात नै राम्रो हुन सकेन,’ उनले भने ।
‘यो नतिजासँगै अब अघि बढ्न हामीले यो नतिजा बिर्सनुपर्छ । अब हामीले आफैंलाई अझ प्रतिस्पर्धात्मक बनाउनुपर्छ । हामीसँग त्यो क्षमता पनि छ,’ उनले थपे ।
यता इक्वेडरका प्रशिक्षक गुस्ताभो अल्फारोले टोलीले सबैभन्दा महत्त्वपूर्ण खेल जितेको बताए । ‘विश्वकपको उद्घाटन खेलमा सबैको नजर हुन्छ । हामीले अन्तर्राष्ट्रिय ब्रेकपछि कतारको लागि तयारी गर्न पर्याप्त समय पनि पाएका थिएनौं । अझ कतारबाट के अपेक्षा गर्ने पनि थाहा थिएन । आजको नतिजाले हामीलाई निकै राम्रो अवस्थामा छौं,’ उनले भने ।
‘हामी विश्वकपको सबैभन्दा युवा टोली हौं । हामीलाई नकआउट चरणमा पुग्नका लागि यो खेल जित्नैपर्ने थियो । यो जितले मात्र पुग्दैन, तर हाम्रो खेल्ने शैलीले जित हासिल गर्यौं । हामीले अझ राम्रो गर्न सक्थ्यौं र मैले हाफ टाइममा पनि जित अति आवश्यक रहेको बताएको थिएँ,’ अल्फारोले थपे ।
December 13, 2025
एजेन्सी – प्रिमियर लिगमा शनिवार चेल्सी र लिभरपुल विजयी भएको छ। चेल्सीले स्टामफोर्ड ब्रिजमा एभर्टनलाई २–० ले हराउँदै प्रिमियर लिगमा चार खेलपछि जित निकालेको हो।खेलको २१ औं मिनेटमा कोल पाल्मर र मालो गुस्टोले ४५ औं मिनेटमा गोल गर्दै चेल्सीलाई जित दिलाए। लामो समयको चोटपछि फर्किएका पाल्मरले सेप्टेम्बरयताकै पहिलो लिग गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। […]
December 12, 2025
एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्यो। खेलको सुरुवातबाटै […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]