3 years ago
November 21, 2022
कतार (हाम्रो खेलकुद) – फिफा विश्वकप कतार २०२२ अन्तर्गत समूह बी को पहिलो खेलमा इंग्ल्यान्डले एसियाली राष्ट्र इरानको सामना गर्दैछ । खेल नेपाली समयअनुसार साँझ ६:४५ बजे खलिफा अन्तर्राष्ट्रिय रंगशाला हुनेछ ।

विश्वकपमा हालसम्म ६९ खेल खेलिसकेको इंग्ल्यान्डले यसअघि एकपटक मात्र एसियाली टोलीको सामना गरेको थियो । सन् १९८२ को समूह चरणमा कुवेतलाई १-० ले पराजित गरेयता टोलीले एसियाली राष्ट्रको सामना गरेको छैन । इरान र इंग्ल्यान्डबीच पहिलो पटक अधिकारिक खेलमा प्रतिस्पर्धा हुँदैछ ।
इंग्ल्यान्डले पछिल्लो ७ सहभागितामा एक पटक मात्र उद्घाटन खेलमा हार बेहोरेको छ । त्यसबाहेक ३ खेलमा जित र ३ खेल बराबरीमा सकिएको छ । यता इरानले भने पछिल्लो दुवै विश्वकपमा सुरुवाती खेलमा गोल खाएको छैन ।
इरानका प्रशिक्षक कार्लोस क्वेरोज चौथो पटक विश्वकपमा टोलीको जिम्मेवारी सम्हाल्दैछन् । सन् २०१० मा पोर्चुगलको टोली हेरेका उनी पछिल्लो तीन संस्करणमा भने इरानसँग रहेका छन् । इरानले हालसम्म विश्वकपमा १५ खेल खेल्दा २ जित, ४ बराबरी र ९ हारको नतिजा निकालेको छ । इरानले विश्वकपको एकै खेलमा २ गोलभन्दा बढी गर्न सकेको छैन ।

यता इंग्ल्यान्डका कप्तान ह्यारी केन अन्तर्राष्ट्रिय फुटबलमा इंग्ल्यान्डको लागि सर्वाधिक गोलकर्ता बन्ने इतिहास रच्नबाट २ गोल टाढा छन् । उनले हालसम्म ५१ गोल गरिसकेका छन् । गत संस्करणको समूह चरणमा केनले गोल्डेन बुट जितेका थिए । उनी त्यसै लयलाई कायम राख्न चाहन्छन् ।
December 8, 2025
एजेन्सी – रियल म्याड्रिड ला लिगामा आइतवार पराजित भएको छ। घरेलु मैदान सान्टियागो बेर्नाबेउमा भएको खेलमा ९ खेलाडीमा सिमित हुँदै रियल सेल्टा भिगोसँग २-० ले स्तब्ध भएको छ। रियलले शीर्ष स्थानको बार्सिलोनासँगको अंक दूरी घटाउने अवसर गुमाएको छ। खेलको २४औँ मिनेटमा रियलका डिफेन्डर एदर मिलिताओ ह्यामस्ट्रिङ चोटका कारण मैदानबाट बाहिरिए। त्यसले टोलीको रक्षापक्ति थप कमजोर […]
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- उमेर समूहका उत्कृष्ट खेलाडी उत्पादन गर्ने उद्देश्यले अन्नपूर्ण आरसीटीले आयोजना गरेको ३० साताको फुटबल स्तर अभिवृद्धि प्रशिक्षण कार्यक्रम आइतबार सम्पन्न भएको छ । असार १४ गते सुरु भएको यस ग्रासरुटको कार्यक्रममा ७१ खेलाडीको सहभागिता थियो । त्यसमध्ये २२ किशोरी रहेका थिए । लैनचोर युवा क्लबको सहयोगमा चैनचोर फुटबल मैदानमा आयोजित प्रशिक्षण कार्यक्रम […]
December 7, 2025
एजेन्सी – प्रिमियर लिगमा शनिवार लिड्स युनाइटेडले निकै रोमाञ्चक खेलमा लिभरपुललाई ३-३ को बराबरी रोकेको छ। इन्जुरी समयको छैंटौं मिनेटमा जापानी खेलाडी एओ तानाकाले गोल गरेपछि लिड्सले एक अंक जोगाउन सफल भयो। खेलको ४८ र ५० औं मिनेटमा लिभरपुलका ह्युगो एकिटिकेले दुई गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए। तर लिड्सले खेलमा फर्कने प्रयास जारी […]