3 years ago
November 21, 2022
कतार (हाम्रो खेलकुद) – फिफा विश्वकपमा पुनरागमन गरिरहेका संयुक्त राज्य अमेरिका र वेल्स सोमबार समूह बी को दोस्रो खेलमा आमनेसामने हुँदैछन् । खेल अहमद बिन अलि रंगशालामा नेपाली समयअनुसार मध्यरात १२:४५ बजे सुरु हुनेछ ।

सन् २०१८ मा रुसमा भएको विश्वकपका लागि छनोट हुन नसकेको अमेरिका ११ औं पटक विश्वकप खेल्दैछ । कन्काकाफ क्षेत्रको च्याम्पियन अमेरिकाले विश्वकपको पछिल्लो १० खेलमा १ गोल भन्दा बढी अन्तरको नतिजा हासिल गरेको छैन ।
यता वेल्स ६४ वर्षपछि विश्वकपमा फर्किएको टोली हो । युरोपेली प्लेअफमा अष्ट्रिया र युक्रेनलाई हराउँदै छनोट भएको टोलीको यो दोस्रो विश्वकप सहभागिता हो । पछिल्लो पटक सन् १९५८ मा क्वाटरफाइनलसम्म पुगेको वेल्स यसपटक कम्तिमा त्यो उपलब्धि बराबर गर्न चाहन्छ ।
अमेरिका र वेल्सले हालसम्म दुई पटक अन्तर्राष्ट्रिय खेल खेलेका छन् । अमेरिकाले एक खेलमा जित हासिल गर्दा अर्को खेल बराबरीमा सकिएको छ । सन् २०२० मा भएको मैत्रीपूर्ण खेल गोलरहित बराबरीमा सकिएको थियो ।
अमेरिकाले पछिल्लो चार सहभागितामा एकपटक मात्र पहिलो खेल हारेको छ । पछिल्लो १० विश्वकप खेलमा एकपटक मात्र गोल गर्न चुकेको अमेरिका गोल गर्ने लयलाई कायम राख्न चाहन्छ । वेल्सले पछिल्लो पटक खेलेको विश्वकप खेलमा ब्राजिलियन पेले नायक बनेका थिए । १७ वर्षीय पेलेको एकमात्र गोलमा वेल्स बाहिरिएको थियो ।
वेल्सले सहभागिता जनाएको पछिल्लो तीन अन्तर्राष्ट्रिय प्रतियोगितामा समूह चरण पार गरेको इतिहास छ । सन् १९५८ को विश्वकपपछि सन् २०१६ र २०२० को युरोमा टोलीले समूह चरण पार गरेको थियो ।
हालसम्म वेल्सले विश्वकपमा ५ खेल खेल्दा १ जित, ३ बराबरी र १ हारको नतिजा निकालेको छ । यता अमेरिकाले ३३ खेल खेल्दा ८ जित, ६ बराबरी र १९ हार बेहोरेको छ ।
December 13, 2025
एजेन्सी – प्रिमियर लिगमा शनिवार चेल्सी र लिभरपुल विजयी भएको छ। चेल्सीले स्टामफोर्ड ब्रिजमा एभर्टनलाई २–० ले हराउँदै प्रिमियर लिगमा चार खेलपछि जित निकालेको हो।खेलको २१ औं मिनेटमा कोल पाल्मर र मालो गुस्टोले ४५ औं मिनेटमा गोल गर्दै चेल्सीलाई जित दिलाए। लामो समयको चोटपछि फर्किएका पाल्मरले सेप्टेम्बरयताकै पहिलो लिग गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। […]
December 12, 2025
एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्यो। खेलको सुरुवातबाटै […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]