default_image

3 years ago

November 21, 2022

ग्रिलिसको त्यो विशेष सेलेब्रेसन

171 views

0 Bookmark

कतार (हाम्रो खेलकुद) – म्यानचेस्टर सिटीका मिडफिल्डर ज्याक ग्रिलिसले फिफा विश्वकप कतार २०२२ अन्तर्गत इरानविरुद्ध समूह चरणको खेलमा गोल गरे । इंग्ल्यान्डले ६-२ को सानदार जित दर्ता गर्दा ग्रिलिसले अन्तिम गोल गरेका थिए ।

गत सिजन एस्टन भिल्लाबाट क्लब कीर्तिमान रकममा सिटी पुगेका उनले अपेक्षा गरेअनुसार गोल गर्न सकेका छैनन् । तर प्रशिक्षक पेप गुआर्डीअ‍ोलाले उनलाई गोलका लागि अनुबन्ध नगरेको भन्दै बचाउ गर्दै आइरहेका छन् । बलमाथि नियन्त्रण र आक्रमणमा डिफेन्स बिट गर्न सक्ने क्षमताका लागि प्रख्यात ग्रिलिसले कतार विश्वकपमा ७ नम्बर जर्सी पाएका छन् । यसले पनि प्रशिक्षक साउथगेटले उनलाई महत्त्वका साथ हेरेको बुझ्न सकिन्छ । इरानविरुद्ध ग्रिलिस सुरुवाती रोजाइमा थिएनन् । खेलको ७० अ‍ौं मिनेटमा मैदान प्रवेश गरेका उनलाई खेलमा जम्न कुनै समय लागेन ।

फोडेन र रासफर्ड विंगमा खेल्दा साउथगेटले ग्रिलिसलाई नम्बर १० रोल दिएका थिए । केहीबेर केनसँग खेलेपछि उनले क्यालम विल्सनसँग राम्रो समन्वय गरे । दोस्रो हाफमा इन्ज्युरी समय १० मिनेट थप्नुले पनि ग्रिलिसले धेरै समा पाए । उनले गोल गर्दा पनि विल्सनको पास लिएपछि संयमित फिनिस गरे ।

गोलपछि ग्रिलिसले गरेको सेलेब्रेसन भने विशेष थियो । उनले म्यानचेस्टर सिटीका फिनले नामक‌ समर्थकलाई गोल समर्पण गरेका थिए ‌‌। सिटीका समर्थक फिनले र ग्रिलिसबीच भेट हुँदाको क्षणमा फिनलेले ग्रिलिसलाई गोल गरेपछि उक्त सेलेब्रेसन गर्न आग्रह गरेका थिए ।

फिनले र ग्रिलिसको भेट पत्रमार्फत सम्भव भएको थियो । फिनलेले ग्रिलिसलाई फ्यान मेल नामक प्रिमियर लिगको कार्यक्रममा पत्र लेखेका थिए । फिनले सेरेब्रल पाल्सी नामक रोगबाट जुधिरहेका र ग्रिलिसको बहिनी पनि सोहि रोग लागेका कारण ग्रिलिस पत्र पढ्दा केही भावुक बनेका थिए ।

फिनलेले गोे गरेपछि सेलेब्रेसन गर्न आग्रह गरेपछि ग्रिलिसले आफू धेरै गोल गर्ने खेलाडी नभएको बताएका थिए । तर उनले अबको अर्को गोलमा उक्त सेलेब्रेसन गर्ने भनेका थिए । संयोगवश उक्त गोल विश्वकपमा भयो ।

ग्रिलिसले खेलपछि फिनलेलाई समर्पण भन्दै ट्वीट पनि गरेका छन् ।

December 13, 2025

चेल्सी र लिभरपुलको जित

एजेन्सी – प्रिमियर लिगमा शनिवार चेल्सी र लिभरपुल विजयी भएको छ। चेल्सीले स्टामफोर्ड ब्रिजमा एभर्टनलाई २–० ले हराउँदै प्रिमियर लिगमा चार खेलपछि जित निकालेको हो।खेलको २१ औं मिनेटमा कोल पाल्मर र मालो गुस्टोले ४५ औं मिनेटमा गोल गर्दै चेल्सीलाई जित दिलाए। लामो समयको चोटपछि फर्किएका पाल्मरले सेप्टेम्बरयताकै पहिलो लिग गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। […]

December 12, 2025

युरोपा लिग – ६ टोलीको नकआउट चरण पक्का

एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्‍यो। खेलको सुरुवातबाटै […]

December 11, 2025

इस्ट बंगालको दोस्रो जित, एपिएफ रोकियो

काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]

Success

Thank you for your time.