default_image

3 years ago

November 21, 2022

नेदरल्यान्ड्सको विजयी सुरुवात

250 views

0 Bookmark

कतार (हाम्रो खेलकुद) – फिफा विश्वकप कतार २०२२ अन्तर्गत नेदरल्यान्ड्सले समूह चरणको पहिलो खेलमा सेनेगललाई हराउँदै विजयी सुरुवात गरेको छ ।

अल थुममा रंगशालामा भएको खेलमा नेदरल्यान्ड्सले २-० को जित दर्ता गरेको हो । नेदरल्यान्ड्सको जितमा कोडी गाक्पोले र डेभि कलासेनले १-१ गोल गरे । दुवै गोल दोस्रो हाफमा सम्भव भएको थियो ।

बराबरीतर्फ उन्मुख देखिएको खेलमा डच टोलीलाई गाक्पोले सुरुवाती अग्रता दिलाएका थिए । उनले ८४ औं मिनेटमा हेडरमार्फत गोल गरेका थिए । फ्रेंकी डे जोङको लामो पासमा गोलरक्षक एडुआर्ड मेन्डी ढिलो हुन पुग्दा गाक्पोको हेडर गोल भएको थियो ।

दोस्रो हाफको इन्ज्युरी समयको आठौं मिनेटमा नेदरल्यान्ड्सले अग्रता दोब्बर पार्यो । मेम्फिस डिपाएको सुरुवाती प्रहारलाई गोलरक्षक मेन्डीले विफल पारेपनि रिबाउन्डमा डेभि क्लासेन गोल गर्न सफल भए ।

निकै प्रतिस्पर्धात्मक खेलमा दुवै टोलीले गोलका लागि अवसर सिर्जना गरेपनि त्यसलाई सदुपयोग गर्न सकेनन् । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । दोस्रो हाफमा सेनेगल केहि फिका देखिएको थियो । खेलको ७३ औं मिनेटमा चेखु कोउयाटे घाइते भएर निस्केपछि सेनेगल समस्यामा परेको थियो ।

यस जितसँगै नेदरल्यान्ड्सको ३ अंक भएको छ । समूहको अंक तालिकामा डच टोली इक्वेडरसँग गोल र अंक बराबरीमा छ । इक्वेडरले उद्घाटन खेलमा कतारलाई २-० ले हराएको थियो ।

December 13, 2025

चेल्सी र लिभरपुलको जित

एजेन्सी – प्रिमियर लिगमा शनिवार चेल्सी र लिभरपुल विजयी भएको छ। चेल्सीले स्टामफोर्ड ब्रिजमा एभर्टनलाई २–० ले हराउँदै प्रिमियर लिगमा चार खेलपछि जित निकालेको हो।खेलको २१ औं मिनेटमा कोल पाल्मर र मालो गुस्टोले ४५ औं मिनेटमा गोल गर्दै चेल्सीलाई जित दिलाए। लामो समयको चोटपछि फर्किएका पाल्मरले सेप्टेम्बरयताकै पहिलो लिग गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। […]

December 12, 2025

युरोपा लिग – ६ टोलीको नकआउट चरण पक्का

एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्‍यो। खेलको सुरुवातबाटै […]

December 11, 2025

इस्ट बंगालको दोस्रो जित, एपिएफ रोकियो

काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]

Success

Thank you for your time.