default_image

3 years ago

November 22, 2022

‘अपराजित’ अर्जेन्टिना साउदीसँग भिड्दै

298 views

0 Bookmark

कतार (हाम्रो खेलकुद) – फिफा विश्वकप कतार २०२२ अन्तर्गत समूह सी को खेलमा दक्षिण अमेरिकी च्याम्पियन अर्जेन्टिनाले साउदी अरबको सामना गर्दैछ । खेल नेपाली समयअनुसार दिउँसो ३:४५ बजे हुनेछ ।

अर्जेन्टिना लगातार १३ औं पटक विश्वकप खेल्दैछ । हालसम्म १८ पटक विश्वकप खेलिसकेको अर्जेन्टिनाको साउदीसँग भने पहिलो पटक भिड्दैछ । हालसम्म अर्जेन्टिनाले एसियाली राष्ट्रसँग खेलेको सबै ४ खेल जितेको छ । सन् १९७८ र ८६ गरेर दुई पटक विश्वकप उपाधि जितेको अर्जेन्टिना यसपटक छनोटमा अपराजित रहेको थियो ।

अर्जेन्टिना अन्तर्राष्ट्रिय फुटबलमा ३६ खेलयता अपराजित छ । अर्जेन्टिनाले साउदीविरुद्ध खेलमा अंक जोडेको अवस्थामा इटालीको ३७ खेल अपराजित रहेको कीर्तिमान बराबरी गर्नेछ । टोलीका कप्तानी लिओनेल मेस्सी पाँचौ पटक विश्वकप खेल्दा पहिलो पटक उपाधि जित्ने प्रयासमा छन् । उनले हालसम्म विश्वकपमा १९ खेल खेलेका छन्, जुन यस विश्वकपमा सहभागी मध्यमा सर्वाधिक हो ।

अर्जेन्टिनाले विश्वकपको पहिलो खेलमा हार नबेहोरेको ३२ वर्ष भइसकेको छ । सन् १९९० मा क्यामरुनसँग पराजित भएपछि टोलीले पहिलो खेलमा ६ जित र १ बराबरीको नतिजा निकालेको छ ।

साउदी अरबले छैटौं पटक विश्वकप खेल्दैछ । सन् १९९४ देखि २००६ सम्म लगातार खेलेको साउदी त्यसयता भने दुई संस्करणमा छनोट हुन सकेन । सन् २०१८ मा पुनरागमन गरेको टोलीले यसपटक पनि एसियाली छनोट पार गर्यो । छनोटमा साउदीले एक मात्र हार बेहोरेको थियो ।

विश्वकपमा पहिलो पटक भेट भएपनि मैत्रीपूर्ण खेलमा भने यी दुई चार पटक आमनेसामने भएका छन् । अर्जेन्टिनाले २ जित र २ बराबरीको नतिजा निकालेको छ । पछिल्लो पटक सन् २०१२ मा यी दुई टोलीको मैत्रीपूर्ण खेल गोलरहित बराबरीमा सकिएको थियो ।

अर्जेन्टिनाले हालसम्म विश्वकपमा ८१ खेल खेल्दा ४३ जित, १५ बराबरी र २३ हार बेहोरेको छ । साउदीले १६ खेलमा ३ जित, २ बराबरी र ११ हार बेहोरेको छ ।

December 13, 2025

चेल्सी र लिभरपुलको जित

एजेन्सी – प्रिमियर लिगमा शनिवार चेल्सी र लिभरपुल विजयी भएको छ। चेल्सीले स्टामफोर्ड ब्रिजमा एभर्टनलाई २–० ले हराउँदै प्रिमियर लिगमा चार खेलपछि जित निकालेको हो।खेलको २१ औं मिनेटमा कोल पाल्मर र मालो गुस्टोले ४५ औं मिनेटमा गोल गर्दै चेल्सीलाई जित दिलाए। लामो समयको चोटपछि फर्किएका पाल्मरले सेप्टेम्बरयताकै पहिलो लिग गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। […]

December 12, 2025

युरोपा लिग – ६ टोलीको नकआउट चरण पक्का

एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्‍यो। खेलको सुरुवातबाटै […]

December 11, 2025

इस्ट बंगालको दोस्रो जित, एपिएफ रोकियो

काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]

Success

Thank you for your time.