3 years ago
November 22, 2022
कतार (हाम्रो खेलकुद) – युरो २०२० र विश्वकप छनोटमा उच्च प्रदर्शन गरेको डेनमार्कले फिफा विश्वकप २०२२ को पहिलो खेलमा ट्युनिसियाको सामना गर्दैछ । खेल साँझ ६:४५ बजे एजुकेसन सिटी रंगशालामा हुनेछ ।

डेनमार्क विश्वकप इतिहासमा दोस्रो पटक लगातार दुई संस्करणका लागि छनोट भाको हो । समग्रमा दुवै टोली छैटौं सहभागिता जनाउँदै छन् । ट्युनिसियाले हालसम्म सहभागी भएको सबै संस्करणमा समूह चरण पार गरेको छैन । डेनमार्कले विश्वकपमा सन् २०१० बाहेक सहभागी चारै संस्करणमा समूह चरण पार गरेको छ ।
ट्युनिसियाले विश्वकपमा युरोपेली राष्ट्रसँग ११ पटक खेल्दा जित हासिल गरेको छैन । यता डेनमार्कले भने अफ्रिकी टोलीविरुद्ध विश्वकपमा हार बेहोरेको छैन । यी दुईबीच विश्वकपमा पहिलो पटक प्रतिस्पर्धा हुन लागेको हो । अन्तर्राष्ट्रिय फुटबलमा भने सन् २००२ मा एकपटक यी दुई टोली मैत्रीपूर्ण खेलमा आमनेसामने थिए । उक्त खेल डेनमार्कले २-१ ले जितेको थियो ।
डेनमार्कले विश्वकपको २० खेलमा ९ जित, ५ बराबरी र ६ हार बेहोरेको छ । ट्युनिसियाले १५ खेल खेल्दा २ जित, ४ बराबरी र ९ हारको नतिजा निकालेको छ ।
December 13, 2025
एजेन्सी – प्रिमियर लिगमा शनिवार चेल्सी र लिभरपुल विजयी भएको छ। चेल्सीले स्टामफोर्ड ब्रिजमा एभर्टनलाई २–० ले हराउँदै प्रिमियर लिगमा चार खेलपछि जित निकालेको हो।खेलको २१ औं मिनेटमा कोल पाल्मर र मालो गुस्टोले ४५ औं मिनेटमा गोल गर्दै चेल्सीलाई जित दिलाए। लामो समयको चोटपछि फर्किएका पाल्मरले सेप्टेम्बरयताकै पहिलो लिग गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। […]
December 12, 2025
एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्यो। खेलको सुरुवातबाटै […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]