default_image

3 years ago

November 22, 2022

मेक्सिको र पोल्यान्ड महत्त्वपूर्ण अंकको खोजीमा

246 views

0 Bookmark

कतार (हाम्रो खेलकुद) – फिफा विश्वकप कतार २०२२ अन्तर्गत समूह सी को खेलमा मेक्सिको र पोल्यान्ड भिड्दैछन् । खेल नेपाली समयअनुसार रातको ९:४५ बजे रंगशाला ९७४ मा हुनेछ ।

मेक्सिको १७ औं पटक विश्वकपमा सहभागिता जनाउँदैछ । पोल्यान्ड भने नवौं पटक विश्वकप खेल्दैछ । यसअघि यी दुई टोलीको भेट सन् १९७८ को विश्वकपमा भएको थियो । त्यसबेला समूह चरणको अन्तिम खेलमा पोल्यान्डले ३-१ को जित निकालेको थियो ।

पछिल्लो सात संस्करणमा अन्तिम १६ को यात्रा तय गरेको मेक्सिकोले आयोजकको भूमिकामा भने राम्रो प्रदर्शन गरेको छ । सन् १९७० र १९८६ मा मेक्सिको क्वाटरफाइनलमा पुगेको थियो । पछिल्लो तीनै संस्करणमा मेक्सिकोले समूह चरणमा युरोपेली राष्ट्रलाई पराजित गरेको छ । गत संस्करणको पहिलो खेलमा मेक्सिकोले जर्मनीलाई १-० ले हराएको थियो ।

पोल्यान्डले पछिल्लो तीनै विश्वकपमा समूह चरण पार गर्न सकेको छैन । सबै अवसरमा टोलीले सुरुवाती दुई खेलमा हार र अन्तिम खेलमा सान्त्वना जित हासिल गरेको छ । टोलीका स्टार फरवार्ड रोबर्ट लेवान्डोस्की अझै पहिलो विश्वकप गोलको खोजीमा छन् । छनोटमा भने उनले ३० गोल गरेका छन् ।

मेक्सिको र पोल्यान्डले समग्रमा अन्तर्राष्ट्रिय फुटबलमा ९ पटक खेलेका छन् । पोल्यान्डले ४ खेल जित्दा मेक्सिको ३ खेलमा विजयी भएको छ । २ खेल बराबरीमा सकिएको छ ।

हालसम्म विश्वकपमा पोल्यान्डले ३४ खेल खेल्दा १६ जित, ५ बराबरी र १३ खेलमा हार बेहोरेको छ । मेक्सिकोले ५७ खेलमा १६ जित, १४ बराबरी र २७ हारको नतिजा निकालेको छ ।

December 13, 2025

चेल्सी र लिभरपुलको जित

एजेन्सी – प्रिमियर लिगमा शनिवार चेल्सी र लिभरपुल विजयी भएको छ। चेल्सीले स्टामफोर्ड ब्रिजमा एभर्टनलाई २–० ले हराउँदै प्रिमियर लिगमा चार खेलपछि जित निकालेको हो।खेलको २१ औं मिनेटमा कोल पाल्मर र मालो गुस्टोले ४५ औं मिनेटमा गोल गर्दै चेल्सीलाई जित दिलाए। लामो समयको चोटपछि फर्किएका पाल्मरले सेप्टेम्बरयताकै पहिलो लिग गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। […]

December 12, 2025

युरोपा लिग – ६ टोलीको नकआउट चरण पक्का

एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्‍यो। खेलको सुरुवातबाटै […]

December 11, 2025

इस्ट बंगालको दोस्रो जित, एपिएफ रोकियो

काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]

Success

Thank you for your time.