3 years ago
November 22, 2022
कतार (हाम्रो खेलकुद) – फिफा विश्वकप कतार २०२२ अन्तर्गत समूह सी को पहिलो खेलमा अर्जेन्टिनाले साउदी अरेबियाविरुद्ध पहिलो हाफमा अग्रता लिएको छ । कप्तान लिओनेल मेस्सीको गोलमा अर्जेन्टिना १-० ले अघि छ ।

खेलको अधिकांश समय आक्रमण बुन्न व्यस्त रहेको अर्जेन्टिनाले निरन्तर साउदीको पोस्टमा आक्रमण गरेको छ । तर टोली तीन पटक अफसाइडकै कारण अग्रता बढाउन चुकेको छ । साउदीले काउन्टर अट्याकमा अर्जेन्टिनी डिफेन्सलाई केहि समस्या दिएपनि अन्तिम मुभ भने राम्रो बन्न सकेको छैन ।
खेलको दोस्रो मिनेटमा नै अर्जेन्टिनाले अघि बढ्ने अवसर पाएको थियो । डी मारियाले विंगमा राम्रो मुभ बनाएपछि पेनाल्टी क्षेत्र भित्रआएको बलमा मेस्सीको प्रहार गोलरक्षक मोहमद अलोवाइसले बचाए ।
नवौं मिनेटमा अर्जेन्टिनाले पेनाल्टीको अवसर पायो । कर्नर प्रहार गर्ने क्रममा पेनाल्टी क्षेत्रभित्र फल भएपछि रेफ्रीले भिडियो असिस्टेन्ट रेफ्रीको सहयोगमा पेनाल्टी दिएका थिए । कप्तान लिओनेल मेस्सीले पेनाल्टीमा गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाए ।
२२ औं मिनेटमा मेस्सीले डिफेन्स लाइन पार गर्दै वन भर्सेस वनको अवस्थामा सुन्दर फिनिस गरे । तर गोल भएपछि असिस्टेन्ट रेफ्रीले अफसाइडको लागि झन्डा उठाए । २९ औं मिनेटमा लौटारो मार्टिनेजले सुन्दर फिनिस गरेपनि भीएआरले त्यसलाई मान्यता दिएन । फेरी एकपटक अर्जेन्टिनाको अग्रता दोब्बर पार्ने प्रयासमा अफसाइड बाधक बन्यो । ३४ औं मिनेटमा पनि मार्टिनेजको गोल अफसाइड भएको थियो ।
December 13, 2025
एजेन्सी – प्रिमियर लिगमा शनिवार चेल्सी र लिभरपुल विजयी भएको छ। चेल्सीले स्टामफोर्ड ब्रिजमा एभर्टनलाई २–० ले हराउँदै प्रिमियर लिगमा चार खेलपछि जित निकालेको हो।खेलको २१ औं मिनेटमा कोल पाल्मर र मालो गुस्टोले ४५ औं मिनेटमा गोल गर्दै चेल्सीलाई जित दिलाए। लामो समयको चोटपछि फर्किएका पाल्मरले सेप्टेम्बरयताकै पहिलो लिग गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। […]
December 12, 2025
एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्यो। खेलको सुरुवातबाटै […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]