3 years ago
November 23, 2022
कतार (हाम्रो खेलकुद) – फिफा विश्वकप कतार २०२२ अन्तर्गत समूह चरणको खेलमा एक पटकको उपाधि विजेता स्पेनले कोस्टारिकाको सामना गर्दैछ । खेल नेपाली समयअनुसार रातको ९:४५ बजे अल थुमामा रंगशालामा हुनेछ ।

सन् २०१० को विजेता स्पेन लगातार १२ औं पटक विश्वकपमा सहभागिता जनाइरहेको छ । हालसम्म १६ पटक विश्वकप खेलेको स्पेन युरोपबाहिर विश्वकप जित्ने पहिलो युरोपेली टोली बनेको थियो । स्पेनले विश्वकपमा हालसम्म ९९ गोल गरेको छ । कोस्टारिकाविरुद्ध स्पेन गोलको शतक पूरा गर्दै जित दर्ता गर्ने लक्ष्यमा हुनेछ ।
कोस्टारिका इतिहासमा पहिलोपटक लगातार तीन संस्करण विश्वकप खेल्दैछ । समग्रमा छैटौं पटक विश्वकप खेल्दै गरेको कोस्टारिका कतार विश्वकपमा छनोट हुने अन्तिम टोली थियो । हालसम्म कोस्टारिकाको उत्कृष्ट नतिजा सन् २०१४ मा क्वाटरफाइनल पुग्नु हो ।
स्पेन र कोस्टारिकाबीच विश्वकपमा पहिलो पटक भेट हुँदैछ । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा भने दुई टोलीले ३ पटक खेलेका छन् । स्पेन दुई खेलमा विजयी हुँदा एक खेल भने बराबरीमा सकिएको छ । पछिल्लो पटक सन् २०१७ मा यी दुई खेल्दा स्पेनले ५-० को सहज जित दर्ता गरेको थियो ।

कन्काकाफ क्षेत्रको प्रतिद्वन्द्वीविरुद्ध स्पेनले पछिल्लो ४ खेलमा ३ जित र १ बराबरीको नतिजा निकालेको छ । यता कोस्टारिकाले विश्वकपमा खेलेको ५ मध्य तीन जित युरोपेली टोलीविरुद्ध नै छ ।
हालसम्म स्पेनले विश्वकपमा ६३ खेल खेल्दा ३० जित, १५ बराबरी र १८ हार बेहोरेको छ । यता कोस्टारिकाले १८ खेलमा ५ जित, ५ बराबरी र ८ हारको नतिजा निकालेको छ ।
अन्तिम टोलीहरु:
स्पेन :
गोलरक्षक : उनाइ सिमोन, रोबर्ट सान्चेज, डेविड राया
डिफेन्डर : सेजार एज्पिलीक्वेटा, ड्यानी कार्भाजल, एरिक गार्सिया, ह्युगो गुइलामोन, पाउ टोरेस, एमेरिक लापोर्ट, जोर्डी अल्बा, आल्हान्द्रो बाल्डे (घाइते जोसे गयाको स्थानमा)
मिडफिल्डर : सर्जियो बुस्केट्स, रोड्री, गाभी, कार्लोस सोलेर, मार्कस लोरेन्टे, पेड्री, कोके
फरवार्ड : फेरान टोरेस, निको विलियम्स, येरेमी पिनो, अल्भारो मोराटा, मार्को एसेन्सियो, पाब्लो सराबिया, ड्यानी ओल्मो, अन्सु फाती
कोस्टारिका :
गोलरक्षक : केलर नाभास, एस्टेबान अल्भाराडो, प्याट्रिक सेकेरा
डिफेन्डर : फ्रान्सिस्को काल्भो, जुआन पाब्लो भार्गास, केन्डल वास्टन, ओस्कार डुआर्टे, ड्यानीएल चकन, केयसर फुलर, कार्लोस मार्टिनेज, ब्रायन ओभिएडो, रोनाल्ड मातारिता
मिडफिल्डर : येल्सिन तेजेडा, सेल्सो बोर्जेस, युस्तिन सालास, रोआन विल्सन, जेर्सन टोरेस, डग्लस लोपेज, जेविसन बेनेटे, अल्भारो जामोरा, एन्थोनी हर्नान्डेज, ब्रेन्डन अगिलेरा, ब्रायन रुइज
फरवार्ड : जोएल क्याम्पबेल, एन्थोनी कोन्ट्रेरास, योहान भेनेगास
December 13, 2025
एजेन्सी – प्रिमियर लिगमा शनिवार चेल्सी र लिभरपुल विजयी भएको छ। चेल्सीले स्टामफोर्ड ब्रिजमा एभर्टनलाई २–० ले हराउँदै प्रिमियर लिगमा चार खेलपछि जित निकालेको हो।खेलको २१ औं मिनेटमा कोल पाल्मर र मालो गुस्टोले ४५ औं मिनेटमा गोल गर्दै चेल्सीलाई जित दिलाए। लामो समयको चोटपछि फर्किएका पाल्मरले सेप्टेम्बरयताकै पहिलो लिग गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। […]
December 12, 2025
एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्यो। खेलको सुरुवातबाटै […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]