3 years ago
November 23, 2022
कतार (हाम्रो खेलकुद) – फिफा विश्वकपमा उच्च प्रदर्शन गर्दै आएका गोलरक्षक गिलेर्मे ओचोआ पुन: नायक बन्दा मेक्सिको र पोल्यान्डबीच फिफा विश्वकप २०२२ अन्तर्गत समूह सीको खेल बराबरीमा सकिएको छ ।

बार्सिलोनाबाट व्यावसायिक फुटबल खेल्दै आएका फरवार्ड रोबर्ट लेवान्डोस्की पेनाल्टीमा चुक्दा पोल्यान्ड अग्रता लिनबाट बन्चित हुन पुगेको थियो । दोस्रो हाफको ५९ औं मिनेटमा भिडियो असिस्टेन्ट रेफ्रीको सहयतामा पोल्यान्डले पेनाल्टीको अवसर पाएको थियो । तर लेवान्डोस्कीको पेनाल्टी ओचोआले विफल पार्दै खेल बराबरीमा राखे ।
त्यसबाहेक खेलदौरान पनि ओचोआले लेवान्डोस्कीको प्रहार बचाएका थिए । यस बराबरीले दुवै टोलीले अंक तालिकामा १-१ अंक जोडेका छन् । समूह सी मा साउदी अरेबिया ३ अंक जोड्दै शीर्ष स्थानमा छ । दिनको पहिलो खेलमा साउदीले अर्जेन्टिनालाई २-१ ले स्तब्ध पारेको थियो ।
December 13, 2025
एजेन्सी – प्रिमियर लिगमा शनिवार चेल्सी र लिभरपुल विजयी भएको छ। चेल्सीले स्टामफोर्ड ब्रिजमा एभर्टनलाई २–० ले हराउँदै प्रिमियर लिगमा चार खेलपछि जित निकालेको हो।खेलको २१ औं मिनेटमा कोल पाल्मर र मालो गुस्टोले ४५ औं मिनेटमा गोल गर्दै चेल्सीलाई जित दिलाए। लामो समयको चोटपछि फर्किएका पाल्मरले सेप्टेम्बरयताकै पहिलो लिग गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। […]
December 12, 2025
एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्यो। खेलको सुरुवातबाटै […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]