default_image

3 years ago

November 23, 2022

जर्मनीलाई जापानको चुनौती

349 views

0 Bookmark

कतार (हाम्रो खेलकुद) – फिफा विश्वकप कतार २०२२ अन्तर्गत समूह ई को खेलमा जर्मनीले जापानको सामना गर्दैछ । खेल नेपाली समयअनुसार साँझ ६:४५ बजे खलिफा अन्तर्राष्ट्रिय रंगशालामा हुनेछ ।

अघिल्लो संस्करणमा समूह चरणबाट बाहिरिएको जर्मनी आफ्नो पुरानो छवी पुन: कायम गर्ने प्रयासमा हुनेछ । रुसमा दक्षिण कोरियासँग पराजित हुँदै जर्मनी इतिहासमै पहिलो पटक समूह चरणबाट बाहिरिएको थियो । जर्मनी २० औं पटक विश्वकपमा सहभागी हुँदैछ । ४ पटक उपाधि जितेको टोली ब्राजिलको ५ पटक उपाधि जित्ने कीर्तिमान बराबरी गर्न चाहन्छ ।

जापान लगातार सातौं पटक विश्वकप खेल्दैछ । जापानी टोलीका ८ खेलाडी जर्मन लिगमा खेल्ने हुनाले पनि एक अर्कासँग अधिकांश खेलाडी परिचित छन् । जापानले युरोपेली राष्ट्रविरुद्ध समूह चरणमा खेलेको पछिल्ला ७ मध्य २ मात्र हारेको छ । यसक्रममा ३ खेल बराबर र २ खेलमा जापान विजयी भएको छ ।

जापान र जर्मनीबीच विश्वकपमा पहिलो भेट हुन लागेको हो । यसबाहेक मैत्रीपूर्ण खेलमा भने दुई पटक खेलेका छन् । जर्मनीले १ खेल जित्दा अर्को खेल बराबरीमा सकिएको छ । सन् २००६ मा भएको मैत्रीपूर्ण खेल २-२ को बराबरीमा सकिएको थियो ।

जर्मनीले विश्वकपमा १ सय ९ खेल्ने क्रममा ६७ जित, २० बराबरी र २२ हार बेहोरेको छ । यता जापानले २१ खेलमा ५ जित र ५ बराबरी निकाल्दा ११ खेलमा पराजित भएको छ ।

टोलीहरु :

जर्मनी :

गोलरक्षक : म्यानुएल नोएर, मार्क आन्दर टेर स्टेगन, केभिन ट्रयाप

डिफेन्डर : आर्मेल बेला कोचाप, माथिअस जिन्टर, क्रिस्टियन गन्टर, थिलो केहरर, लुकास क्लोस्टरम्यान, डेविड रम, एन्टोनियो रुडीगर, निको स्लोटरबेक, निकलस सुल

मिडफिल्डर/फरवार्ड : करीम एडेयेमी, जुलियान ब्रान्ट, निकलस फुलक्रुग, सर्ज नाब्री, लिओन गोरेट्जका, मारियो गोट्जे, इल्काए गुन्डोगन, काइ हाभर्ट्ज, जोनास हफम्यान, जोशुवा किम्मिख, युसुफा मौकोको, जमाल मुसियाला, थोमस मुलर, लेरोय साने

जापान:

गोलरक्षक : सुइची गोन्डा, ड्यानीएल स्मिट, एजी कावाशिमा

डिफेन्डर : मिकी यामाने, हिरोकी साकाइ, माया योशिडा, ताकेहिरो तोमियासु, शोगो तानीगुचि, को इताकुरा, हिरोकी इटो, युटो नागाटोमो

मिडफिल्डर : वातारु इन्डो, हिदेमासा मोरिता, आओ तानका, गाकु शिवासाकी, काओरु मितोमा, दाइची कामाडा, रित्सु डोआन, जुन्या इटो, ताकुमी मिनामिनो, ताकेफुसा कुबो, युकी सोमा

फरवार्ड : डाइजेन माएडा, ताकुमा असानो, अयेसा उएडा, शुतो माचिनो

December 13, 2025

चेल्सी र लिभरपुलको जित

एजेन्सी – प्रिमियर लिगमा शनिवार चेल्सी र लिभरपुल विजयी भएको छ। चेल्सीले स्टामफोर्ड ब्रिजमा एभर्टनलाई २–० ले हराउँदै प्रिमियर लिगमा चार खेलपछि जित निकालेको हो।खेलको २१ औं मिनेटमा कोल पाल्मर र मालो गुस्टोले ४५ औं मिनेटमा गोल गर्दै चेल्सीलाई जित दिलाए। लामो समयको चोटपछि फर्किएका पाल्मरले सेप्टेम्बरयताकै पहिलो लिग गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। […]

December 12, 2025

युरोपा लिग – ६ टोलीको नकआउट चरण पक्का

एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्‍यो। खेलको सुरुवातबाटै […]

December 11, 2025

इस्ट बंगालको दोस्रो जित, एपिएफ रोकियो

काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]

Success

Thank you for your time.