3 years ago
November 23, 2022
कतार (हाम्रो खेलकुद) – फिफा विश्वकप २०२२ कतार अन्तर्गत समूह एफ मा क्रोएसिया र मोराक्कोबीचको खेल गोलरहित बराबरीमा सकिएको छ ।

क्रोएसियाले तुलनात्मक रुपमा बल पोसेसन र आक्रमणमा दबाब बनाएपनि गोलरक्षक यासिन बोनोउले बिट गर्न सकेन । उनले दुवै हाफमा उत्कृष्ट बचाउ गर्दै मोरक्कोलाई खेलमा कायम राखेका थिए । मोरक्कोले पनि काउन्टरमा प्राप्त अवसरलाई सदुपयोग गर्न सकेको थिएन ।
पहिलो हाफको इन्ज्युरी समयमा मोरक्कोका गोलरक्षक बोनोउले निकोला भ्लासिचको प्रहार विफल पार्दै खेल बराबरीमा राखेका थिए । त्यसअघि १७ औं मिनेटमा इभान पेरिसिचले पनि मोरक्कोको कमजोर डिफेन्सको फाइदा उठाउन सकेका थिएनन् ।
दोस्रो हाफमा मोरक्कोको काउन्टर अट्याकमा अक्रफ हाकिमीको प्रहार गोलरक्षक लिभाकोभिचले विफल पारेका थिए । यसै समूहमा आज राती बेल्जियम र क्यानडाबीच खेल हुनेछ ।
December 13, 2025
एजेन्सी – प्रिमियर लिगमा शनिवार चेल्सी र लिभरपुल विजयी भएको छ। चेल्सीले स्टामफोर्ड ब्रिजमा एभर्टनलाई २–० ले हराउँदै प्रिमियर लिगमा चार खेलपछि जित निकालेको हो।खेलको २१ औं मिनेटमा कोल पाल्मर र मालो गुस्टोले ४५ औं मिनेटमा गोल गर्दै चेल्सीलाई जित दिलाए। लामो समयको चोटपछि फर्किएका पाल्मरले सेप्टेम्बरयताकै पहिलो लिग गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। […]
December 12, 2025
एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्यो। खेलको सुरुवातबाटै […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]