3 years ago
November 23, 2022
कतार (हाम्रो खेलकुद) – फिफा विश्वकप कतार २०२२ अन्तर्गत समूह ई को पहिलो खेलको पहिलो हाफमा जर्मनीले जापानविरुद्ध १-० को अग्रता लिएको छ ।

पहिलो हाफमा दुई तिहाइ भन्दा बढी बल पोसेसन राखेको जर्मनीले अग्रता लिन भने पेनाल्टीमा भर परेको हो । इल्काए गुन्डोगनको पेनाल्टीमा अग्रता लिएको जर्मनीविरुद्ध अन्य अवसरमा भने जापानी गोलरक्षक बाधक बनेका छन् । जापानले काउन्टर अट्याकमा जर्मन डिफेन्सलाई केहि समस्या दिएपनि गोलरक्षक नोएरले भने कुनै प्रहार सामना गर्नुपरेको छैन ।
आठौं मिनेटमा जर्मनीले मिडफिल्डमा बल गुमाएपछि जापानले काउन्टर अट्याकमा आक्रमण गर्दै बल पोस्टभित्र छिराएको थियो । तर अन्तिम प्रहार गरेका डेजन माएडा अफसाइड पोजिसनमा रहेकाले गोलले मान्यता पाएन । १६ औं मिनेटमा जोशुवा किम्मिखको कर्नरमा एन्टोनियो रुडीगरको हेडर थोरैले बाहिरियो ।
२० औं मिनेटमा जोशुवा किम्मिखले पेनाल्टी क्षेत्र बाहिरबाट गरेको प्रहार गोलरक्षक शुइची गोन्डाले दायाँतर्फ डाइभ गर्दै विफल पारे । रिबाउन्डआ गुन्डोगनको प्रहार गर्ने प्रयासमा असिस्टेन्ट रेफ्रीले अफसाइडको लागि झन्डा उठाए । २८ औं मिनेटमा गुन्डोगनले पेनाल्टी क्षेत्र बाहिरबाट गरेको प्रहार गोन्डाले सहजै बचाए । २९ औं मिनेटमा मुसियालाको प्रहारमा माया योशिडाले पेनाल्टी क्षेत्र भित्र उत्कृष्ट ब्लक गर्दै गोल बचाए ।
३० औं मिनेटमा जर्मनीले पेनाल्टीको अवसर पायो । डेविड रमले गोलरक्षक गोन्डाले पेनाल्टी क्षेत्रभित्र लडाएपछि रेफ्रीले पेनाल्टी दिएका थिए । गुन्डोगनले पेनाल्टीमा गोलरक्षकलाई विपरित दिशामा पठाउँदै अग्रता दिलाए । ४५ औं मिनेटमा मुसियालाको प्रहारले पोस्टको दिशा लिन सकेन ।
इन्ज्युरी समयको पहिलो मिनेटमा जर्मनीका काइ हाभर्ट्जले गरेको गोल भिडियो असिस्टेन्ट रेफ्रीले मान्यता दिएन । किम्मिखको प्रहार गोलरक्षक गोन्डाले बचाएपछि रिबाउन्ड सर्ज नाब्रीकोमा पुगेको थियो । नाब्रीको प्रहारलाई हाभर्ट्जले गोलमा परिणत गरेपनि रिप्लेमा हाभर्ट्ज अफसाइड देखिए । लगत्तै अर्कोतर्फ युटो नागाटोमोको क्रसमा माएडाको हेडर थोरैले बाहिरियो ।
December 13, 2025
एजेन्सी – प्रिमियर लिगमा शनिवार चेल्सी र लिभरपुल विजयी भएको छ। चेल्सीले स्टामफोर्ड ब्रिजमा एभर्टनलाई २–० ले हराउँदै प्रिमियर लिगमा चार खेलपछि जित निकालेको हो।खेलको २१ औं मिनेटमा कोल पाल्मर र मालो गुस्टोले ४५ औं मिनेटमा गोल गर्दै चेल्सीलाई जित दिलाए। लामो समयको चोटपछि फर्किएका पाल्मरले सेप्टेम्बरयताकै पहिलो लिग गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। […]
December 12, 2025
एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्यो। खेलको सुरुवातबाटै […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]