default_image

3 years ago

November 23, 2022

पहिलो खेलमै जापानले जर्मनीलाई हरायो

470 views

0 Bookmark

सुबास हुमागाईं, कतार

उपाधि दावेदारको रुपमा दरिएको जर्मनी फिफा विश्वकप कतार २०२२ अन्तर्गत समूह चरणको पहिलो खेलमा जापानसँग पराजित भएको छ । बुधबार पहिलो हाफमा अग्रता लिएपनि दोस्रो हाफमा एसियाली राष्ट्र जापानले सानदार पुनरागमन गर्दै २-१ को अप्रत्याशित जित निकालेको हो ।

पहिलो हाफमा दुई तिहाइ भन्दा बढी बल पोसेसन राखेको जर्मनीले अग्रता लिन भने पेनाल्टीमा भर परेको थियो । इल्काए गुन्डोगनको पेनाल्टीमा अग्रता लिएको जर्मनीविरुद्ध अन्य अवसरमा भने जापानी गोलरक्षक बाधक बने । जापानले काउन्टर अट्याकमा जर्मन डिफेन्सलाई केहि समस्या दिएपनि गोलरक्षक नोएरले भने कुनै प्रहार सामना गर्नुपरेको थिएन ।

दोस्रो हाफमा खेलाडी परिवर्तन गरेपछि भने जापान खेलमा फर्केको थियो । आक्रमणमा ताकुमी मिनामिनो, रित्सु डोआन र ताकुमी असानो आएपछि जापानले प्राप्त काउन्टर अट्याकमा नोएरलाई पटक पटक समस्या दिएको थियो । जर्मनीको आक्रमणविरुद्ध गोलरक्षक गोन्डा लगातार चनाखो बस्दै बचाउ गर्दा जापानलाई पुनरागमनको ढोका खुलेको थियो ।

खलिफा रंगशालामा आठौं मिनेटमा जर्मनीले मिडफिल्डमा बल गुमाएपछि जापानले काउन्टर अट्याकमा आक्रमण गर्दै बल पोस्टभित्र छिराएको थियो । तर अन्तिम प्रहार गरेका डेजन माएडा अफसाइड पोजिसनमा रहेकाले गोलले मान्यता पाएन । १६ औं मिनेटमा जोशुवा किम्मिखको कर्नरमा एन्टोनियो रुडीगरको हेडर थोरैले बाहिरियो ।

२० औं मिनेटमा जोशुवा किम्मिखले पेनाल्टी क्षेत्र बाहिरबाट गरेको प्रहार गोलरक्षक शुइची गोन्डाले दायाँतर्फ डाइभ गर्दै विफल पारे । रिबाउन्डआ गुन्डोगनको प्रहार गर्ने प्रयासमा असिस्टेन्ट रेफ्रीले अफसाइडको लागि झन्डा उठाए । २८ औं मिनेटमा गुन्डोगनले पेनाल्टी क्षेत्र बाहिरबाट गरेको प्रहार गोन्डाले सहजै बचाए । २९ औं मिनेटमा मुसियालाको प्रहारमा माया योशिडाले पेनाल्टी क्षेत्र भित्र उत्कृष्ट ब्लक गर्दै गोल बचाए ।

३० औं मिनेटमा जर्मनीले पेनाल्टीको अवसर पायो । डेविड रमले गोलरक्षक गोन्डाले पेनाल्टी क्षेत्रभित्र लडाएपछि रेफ्रीले पेनाल्टी दिएका थिए । गुन्डोगनले पेनाल्टीमा गोलरक्षकलाई विपरित दिशामा पठाउँदै अग्रता दिलाए । ४५ औं मिनेटमा मुसियालाको प्रहारले पोस्टको दिशा लिन सकेन ।

इन्ज्युरी समयको पहिलो मिनेटमा जर्मनीका काइ हाभर्ट्जले गरेको गोल भिडियो असिस्टेन्ट रेफ्रीले मान्यता दिएन । किम्मिखको प्रहार गोलरक्षक गोन्डाले बचाएपछि रिबाउन्ड सर्ज नाब्रीकोमा पुगेको थियो । नाब्रीको प्रहारलाई हाभर्ट्जले गोलमा परिणत गरेपनि रिप्लेमा हाभर्ट्ज अफसाइड देखिए । लगत्तै अर्कोतर्फ युटो नागाटोमोको क्रसमा माएडाको हेडर थोरैले बाहिरियो ।

दोस्रो हाफको सुरुवाती मिनेटमा दुवै टोलीले गोलको अवसर पाएका थिए । जापानका इटोको प्रहार जर्मन डिफेन्सले रोक्दा अर्कोतर्फ मुसियालाको पेनाल्टी क्षेत्रभित्र ५ डिफेन्सलाई बिट गरेपछिको प्रहार आकासियो । ६० औं मिनेटमा जर्मनीको अग्रता दोब्बर पार्ने प्रयासमा पोस्ट बाधक बन्यो । मुसियालाको पासमा गुन्डोगनको प्रहार पोस्टमा लाग्दै बाहिरियो ।

लगत्तै अर्कोतर्फ जापानका ताकुमा असानोले पेनाल्टी क्षेत्र भित्रबाट गरेको प्रहार गोलरक्षक नोएर र क्रसबारभन्दा निकै माथिबाट गयो । ७० औं मिनेटमा गोलरक्षक गोन्डाले लगातार चार बचाउ गर्दै जापानलाई खेलमा कायम राखे । जापानी डिफेन्डरहरुले अफसाइड माग गर्दै ध्यान नदिँदा जर्मनीले लगातार आक्रमण गरेको थियो । तर लगातार चार प्रहार विफल पार्दै गोन्डाले जर्मनीको अग्रता बढ्न दिएनन् ।

७३ औं मिनेटमा जापानले खेल बर्बरिमा ल्याउने सुवर्ण अवसर खेर फाल्यो । ताकुमी असानोको प्रहारमा गोलरक्षक नोएरले बायाँतर्फ डाइभ दिँदै उत्कृष्ट बचाउ गरे । नोएर लडेको अवस्थामा आएको रिबाउन्डमा हिरोकी साकाइले पोस्टमा प्रहार गर्न सकेनन् । त्यसको एक मिनेटपछि नै जापानले खेल बराबर गर्यो ।

वैकल्पिक खेलाडीको रुपमा प्रवेश गरेका रित्सु डोआन र ताकुमी मिनामिनोबीच समन्वयमा जापानको गोल सम्भव भएको थियो । मिनामिनोको सुरुवाती प्रहार नोएरले बचाएपनि रिबाउन्डमा डोआनले कुनै गल्ती गरेनन् । उनले ६ यार्ड बक्सनजिकबाट गोल गरेका थिए ।

८४ औं मिनेटमा जापानले ताकुमी असानोको गोलमा अग्रता लियो । कोउ इताकुराले डिफेन्स लाइनबाट खेलेको लामो पासमा जर्मनीको अफसाइड ट्रयाप बिट गर्दै असानोले गोल गरेका थिए । उनले स्लोटरबेकको दबाब र नोएर अघि आएको अवस्थामा निअर पोस्टमा फिनिस गरेका थिए ।

इन्ज्युरी समयमा लिओन गोरेट्जकाले गरेको प्रहार पोस्टभन्दा बाहिर जाँदा जर्मनी पहिलो खेलमा नै हार बेहोर्न पुगेको हो ।

यस नतिजासँगै समूह ई मा जापानले ३ अंक जोडेको छ । समूहको अर्को खेलमा आज स्पेन र कोस्टारिका भिड्दैछन् ।

December 13, 2025

चेल्सी र लिभरपुलको जित

एजेन्सी – प्रिमियर लिगमा शनिवार चेल्सी र लिभरपुल विजयी भएको छ। चेल्सीले स्टामफोर्ड ब्रिजमा एभर्टनलाई २–० ले हराउँदै प्रिमियर लिगमा चार खेलपछि जित निकालेको हो।खेलको २१ औं मिनेटमा कोल पाल्मर र मालो गुस्टोले ४५ औं मिनेटमा गोल गर्दै चेल्सीलाई जित दिलाए। लामो समयको चोटपछि फर्किएका पाल्मरले सेप्टेम्बरयताकै पहिलो लिग गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। […]

December 12, 2025

युरोपा लिग – ६ टोलीको नकआउट चरण पक्का

एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्‍यो। खेलको सुरुवातबाटै […]

December 11, 2025

इस्ट बंगालको दोस्रो जित, एपिएफ रोकियो

काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]

Success

Thank you for your time.