3 years ago
November 24, 2022
एजेन्सी – इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडका पूर्व फरवार्ड तथा पोर्चुगलको राष्ट्रिय टोलीका कप्तान क्रिस्टियानो रोनाल्डोलाई दुई खेलको प्रतिबन्ध लगाइएको छ ।

एभर्टनका समर्थकको हातबाट फोन खोसेको आरोपमा फुटबल एसोसिएनस (एफए) ले रोनाल्डोलाई दुई खेलको प्रतिबन्ध सुनाएको हो । यो प्रतिबन्ध इंग्ल्यान्ड वा त्यसभन्दा बाहिरको घरेलु लिगमा लागु हुनेछ । मंगलबार मात्रै युनाइटेडसँग आपसी समझदारीमा सम्झौता तोडेका उनी क्लबबिहीन छन् । अब उनी जुनसुकै क्लबमा गएपनि उनले सुरुवाती दुई खेल गुमाउनेछन् ।
यो प्रतिबन्ध च्याम्पियन्स लिग र युरोपा लिगमा लागु हुनेछैन । यस्तै यो प्रतिबन्ध विश्वकपमा पनि लागु हुने छैन । उनले बिहीबार घानासँगको समूह ‘एच’ खेलमा पोर्चुगलको कप्तानी गर्नेछन् ।
गत अप्रिलमा गुडिसन पार्कमा हार बेहोरेपछि ड्रेसिङ रुम छिर्दै गर्दा ३७ वर्षीया रोनाल्डोले फोनमा ठक्कर दिएको देखिएको थियो । एफएले उनलाई अनुचित र हिंसात्मक आचरणको लागि दोषी ठहर गरेको हो । उनलाई त्यतिबेला (अगस्ट) मै प्रहरीले सतर्क गराएको थियो ।
घटनापछि तुरुन्तै रोनाल्डोले युवा फ्यानसँग माफी मागेका थिए । एफएले रोनाल्डोले अनुचित आचरणको आरोप स्वीकार गरेको तर हिंसात्मक आचरण नभएको बताएको छ । यस्तै एक अन्तर्वार्तामा युनाइटेडका प्रशिक्षक एरिक टेन ह्यागको आलोचना गरेका रोनाल्डोलाई फुटबल संघले ५० हजार पाउण्ड जरिवाना समेत गरेको छ ।
ओल्ड ट्राफोर्डमा उनको दोस्रो स्पेलको अन्त्यमा एक विवादास्पद अन्तर्वार्ता पछि उनले युनाइटेडको आलोचना गर्दै प्रशिक्षक टेन ह्यागको लागि आफ्नो ‘कुनै सम्मान’ नरहेको बताएका थिए ।
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]
December 18, 2025
एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]